7 years ago
June 8, 2018
काठमाडौं (हाम्रो खेलकुद)– फिफा वरियतामा नेपाल तीन स्थान माथि उक्लेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहिबार जुन महिनाका लागि जारी गरेको वरियतामा नेपाल १ सय ६१ औं स्थानमा रहेको छ । दक्षिण एसियाली राष्ट्रको वरियतामा भने नेपाल तेस्रो तेस्रो स्थानमा रहेको छ ।
फिफा वरियताका ९७ औं स्थानमा रहेको भारत दक्षिण एसियाली राष्ट्रमध्ये शीर्षस्थानमा छ । साफ च्याम्पियनसिप खेल्ने मध्ये माल्दिभ्स (फिफा वरियता १ सय ५० औं ) दोस्रो स्थानमा छ । साफ च्याम्पियनसिप खेल्ने मध्ये नेपाल तेस्रो, भुटान (१८३) चौथो, बंगलादेश (१९४) पाँचौं , श्रीलंका (२००) छैटौं र पाकिस्तान (२०१) सातौं स्थानमा छ ।
साफ च्याम्पियनसिपबाट अलग्गिएको अफगानिस्तान फिफा वरियताको १ सय ४५ औं स्थानमा छ । फिफा वरियताको शीर्ष सात भित्र कुनै परिवर्तन भएको छैन ।
जर्मनी शीर्षस्थानमा छ भने ब्राजिल दोस्रो, बेल्जियम तेस्रो, पोर्चुगल चौथो, अर्जेन्टिना पाँचौं स्थानमा छ । त्यस्तै स्विट्जरल्यान्ड छैटौं र फ्रान्स सातौंस्थानमा छ । दुई स्थान उक्लेको पोल्यान्ड आठौं, चिली नवौं र दुई स्थान झरेको स्पेन दसौं स्थानमा छ ।
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मातातीर्थको ब्राइट होराइजन चिल्ड्रेन होम र सल्लाघारीको सैनिक आवासीय महाविद्यालय दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुल टाइब्रेकरमा ५-४ ले हराउँदै ब्राइट होराइजन अन्तिम चारमा पुगेको हो। निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। ब्राइट होराइजनका सन्देश महतरा प्लेयर […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको संख्या घटेको छ। यसपटक ७ टोलीले मात्र एनएसएल खेल्ने भएका छन् । दोस्रो संस्करण खेलेका स्पोटिङ इलाम दे मेची र वीरगन्ज युनाइटेडले यसपटक नखेल्ने भएका हुन्।पहिलो संस्करणमा ७ र दोस्रो संस्करणमा ९ टोलीले एनएसएल खेलेका थिए। पहिलो संस्करणमा विराटनगर सिटी एफसीले दोस्रो संस्करण खेलेन […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि अक्सन हुने मिति तय भएकाे छ । एनएलएसले आयोजक नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्ट (एनएसइएम) ले बिहीवार विज्ञप्ति जारी गरी अक्सन आगामी फागुन १० गते हुने घोषणा गरेको हो । अक्सनमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ श्रेणीसँगै विदेशी तथा आइकोनिक खेलाडी रहनेछन् । यसपटक […]