7 years ago
June 8, 2018
लन्डन (एजेन्सी) – गए राति विश्वकप मैत्रीपूर्ण खेल अन्तर्गत इंग्ल्यान्डले अर्को विश्वकप टोली कोस्टा रिकालाई २-० ले हराएको छ । इंग्ल्यान्डको जितमा मार्कोस रासफोर्ड र ड्यानी वेल्बेकले गोल गर्न सफल रहे ।
इंग्ल्यान्डले आफ्नो सुरुवाती ११ मा अधिकांश दोस्रो रोजाईका खेलाडी राखेको थियो । इंग्ल्यान्डलाई रासफोर्डले १३ औं मिनेटमा अग्रता दिलाउन सफल भए । त्यस्तै ६० औं मिनेटमा जेमि भार्डिको स्थानमा मैदान प्रवेश गरेका वेल्बेकले ७६ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।
अर्को तर्फ कोस्टा रिकाले भने आफ्नो पहिलो रोजाईका खेलाडीहरुलाई नै प्राथमिकता दिएका थिए । बढी आक्रामक देखिएको इंग्लिस टोली ६३ प्रतिशत पोजेसन राख्न पनि सफल भएको थियो ।
इंग्ल्यान्ड विश्वकप समूह ‘जी’ मा बेल्जियम, पानामा र टुनिसियासँग रहेको छ भने कोस्टा रिका समूह ‘ई’मा ब्राजिल, सर्बिया र स्विट्जरल्यान्डसँग रहेको छ ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]