default_image

6 years ago

June 8, 2018

अल्जेरियाविरुद्ध पोर्चुगलको सहज जित

34 views

0 Bookmark

लिस्बोन (एजेन्सी) – गए राति खेलिएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले अल्जेरियाविरुद्ध ३-० को सहज जित हात पारेको छ । पोर्चुगलका लागि उसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सुरुवाती ११ मा पनि परेका थिए ।

खेलको १७ औं मिनेटमा स्ट्राइकर गोन्सालो गुएडेसले बर्नार्डो सिल्भाको पासमा पोर्चुगललाई अग्रता दिलाए । त्यस्तै रोनाल्डोको पासमा ब्रुनो फर्नान्डेसले ३७ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

त्यस्तै राफायल गुरेरोको पासमा गुएडेसले पुन: गोल गर्दै पोर्चुगलको जित सुनिश्चित गरेका थिए । रोनाल्डोलाई ७४ औं मिनेटमा परिवर्तन गरिएको थियो । खेलमा नियन्त्रण राख्न सफल पोर्चुगेली टोलीले आक्रमणमा सुधारिएको प्रदर्शन देखाएको थियो ।

युरोकप च्याम्पियन रहेको पोर्चुगल विश्वकप समूह ‘सी’मा स्पेन, मोरक्को र इरानसँग रहेको छ ।

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.