6 years ago
June 8, 2018
बार्सिलोना (एजेन्सी)– यो सिजन ला लिगामा खराब प्रदर्शनका कारण रियल म्याड्रिडका तत्कालिन प्रशिक्षक जिनेदिन जिदानमाथि दबाब थियो । सिजनको अन्त्यमा बर्खास्तमा पर्न सक्ने आकलन पनि गरिएको थियो । तर, यहि सिजन च्याम्पियन्स लिग उपाधि टोलीलाई दिलाएपनि उनीमाथिको दबाब कम भएको थियो ।
उनले प्रशिक्षकका रुपमा रियललाई लगातार तेस्रो पटक च्याम्पियन्स लिग उपाधि दिलाएका थिए । त्यस्तो सफलता दिलाउने उनी पहिलो प्रशिक्षक बनेका छन् । लिभरपुललाई ३–१ ले हराउँदै रियल यो सिजन च्याम्पियन बनेको थियो ।
टोलीलाई त्यति ठूलो सफलता दिलाएपछि धेरैलाई लागेको थियो, अब जिदानमाथिको बर्खास्त खतरा टरेको छ । तर, सबैलाई आश्चार्यमा पार्दै जिदान आफैले क्लब छाड्ने निर्णय गरे । क्लबका अध्यक्षसँग नयाँ सिजनका लागि खेलाडी लिने विवाद भएपछि उनले प्रशिक्षक पद त्यागेको बताइएको छ ।
बार्सिलोनाका अर्जेन्टाइन सुपर स्टार लियोनल मेस्सीले पनि फ्रान्सेली जिदानको तारिफ गरेका छन् । कसैले पनि आशा गरेका थिएनन्, मेस्सीले भने, यो साच्चै ठूलो आश्चार्य हो । तर पक्कै त्यहाँ केहि कारण हुनुपर्दछ ।
मेस्सीले अगाडी थपे, मलाई थाहा छैन के हुन्छ । तर उनी जसरी बाहिरिए त्यो उत्कृष्ट रह्यो । उनले सबै खाले उपलब्धी हासिल गरे । उनको जस्तो सफलता कसैले पाउन कठिन छ । ’
October 10, 2024
हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]