7 years ago
June 8, 2018
लालबन्दी (हाम्रो खेलकुद)– ए डिभिजन टोली जावलाखेल युथ क्लब बिहिबार सुरु भएको लालबन्दी गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सर्लाही ११ लाई टाइब्रेकरमा ५–४ ले हराउँदै जावलाखेल अन्तिम आठमा पुगेको हो । जावलाखेलले शनिबार हुने क्वार्टरफाइनलमा रमपम झापा ११ को सामना गर्नेछ ।
निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा जावलाखेलले बाजी मारेको थियो । राधाकृष्ण खेल मैदान लालबन्दीमा भएको खेलमा लिएको अग्रतालाई जोगाउन नसकेपछि सर्लाली पहिलो खेलबाट बाहिरिएिको छ । ३२ औं मिनेटमा सन्नी चौधरीको गोलबाट सर्लाहीले अग्रता बनाएको थियो । तर त्यसको ६ मिनेट पछिले सोलोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
खेलमा पहिलो गोल गरेका सर्लाहीका सन्नी पेनाल्टीमा भने गोल गर्नबाट चुकेका थिए । टोलकिा लागि अन्य खेलाडी विजय घलान, सुन्दर लामा, सागर लामा र गोपाल मगरले गोल गरे । जावलाखेलका लागि भिक्टोर, प्रज्वल थापा, लावल, जनक कार्की र सोलोले गोल गरे ।
सर्लाही जिल्ला फुटबल संघ र लालबन्दी नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको विजेता टोलीले ७ लाख र दोस्रो हुने टोलीले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । उदयमान खेलाडीले मोटरसाइकल पाउने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै प्रतियोगिताका उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान १५ हजार तथा प्रत्येक खेलको म्यान अफ दी म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । असार २ गते सम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
लालबन्दी गोल्ड कपमा शुक्रबारको खेल
युनाइटेड सिक्किम भारतविरुद्ध एपिएफ
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मातातीर्थको ब्राइट होराइजन चिल्ड्रेन होम र सल्लाघारीको सैनिक आवासीय महाविद्यालय दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुल टाइब्रेकरमा ५-४ ले हराउँदै ब्राइट होराइजन अन्तिम चारमा पुगेको हो। निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। ब्राइट होराइजनका सन्देश महतरा प्लेयर […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको संख्या घटेको छ। यसपटक ७ टोलीले मात्र एनएसएल खेल्ने भएका छन् । दोस्रो संस्करण खेलेका स्पोटिङ इलाम दे मेची र वीरगन्ज युनाइटेडले यसपटक नखेल्ने भएका हुन्।पहिलो संस्करणमा ७ र दोस्रो संस्करणमा ९ टोलीले एनएसएल खेलेका थिए। पहिलो संस्करणमा विराटनगर सिटी एफसीले दोस्रो संस्करण खेलेन […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि अक्सन हुने मिति तय भएकाे छ । एनएलएसले आयोजक नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्ट (एनएसइएम) ले बिहीवार विज्ञप्ति जारी गरी अक्सन आगामी फागुन १० गते हुने घोषणा गरेको हो । अक्सनमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ श्रेणीसँगै विदेशी तथा आइकोनिक खेलाडी रहनेछन् । यसपटक […]