default_image

7 years ago

June 7, 2018

संकटा नेपालगञ्ज गोल्डकपको फाइनलमा

73 views

0 Bookmark

नेपालगञ्ज (हाम्रो खेलकुद) – ए डिभिजन टोली सिएमजी क्लब संकटा क्लब तेस्रो टुबोर्ग नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम–११ लाई बिहिबार ट्राइबेकरमा ३–१ ले पराजित गर्दै संकटा फाइनलमा प्रवेश गरेको हो । संकटा गतवर्ष पनि फाइनलमा पुगेको थियो । निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुट आउटमा भएको थियो ।

खेलको सुरुवाती ६ मिनेटमै विजय सिंहको गोलले सुदूरपश्चिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको तीन मिनेटमै एलोन म्याक्सवेलले गोल गरेर बराबरी गरेका थिए । ७० मिनेटमा पुनः म्याक्सवेलले गोल गरेर संकटालाई अग्रता दिलाए । त्यो अग्रता भने तीन मिनेटमै सुदूरपश्चिमले बराबरी गरेको थियो । सुदूरपश्चिमका चेतन कठायतले गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए ।

ट्राइबेकरमा संकटाका सरोज दाहाल, रोमन लिम्बु र भुवन सुब्बाले गोल गरेका थिए । सुदूरपश्चिमका चेतन थारु मात्र गोल गर्न सफल भए । टोलीका लागि पेनाल्टीको सुरुवात गरेका नरेन्द्र चौधरीले बाहिर हाने भने विजय सिंह र योगेन्द्र चौधरीको प्रहार संकटाका किपर दिनेश थापाले रोकेका थिए ।

सुदूरपश्चिमका व्यवस्थापक सुरेश हमालले आफ्ना रक्षापंक्तिका खेलाडी घाइते हुँदा निर्धारित समयमा बराबरीमा टुंगिएको बताए । उनले प्रशिक्षक निना नै आफ्ना खेलाडीले राम्रो खेलेको बताए । संकटाका प्रशिक्षक जुजुकाजी डंंगोलले गर्मीका बावजुद टीमले राम्रो खेलेको बताए । संकटाका कप्तान कप्तान सरोज दाहालले स्वभाविक खेल खेल्न नसकेको बताए ।

संकटाले फेरि एक पटक सुदूरपश्चिमलाई घर फर्काएको छ । दोस्रो टुबोर्ग नेपालगञ्ज गोल्डकपमा पनि संकटाले सुदूरपश्चिमलाई सेमिफाइनलमा पराजित गरेको थियो । संकटाले अब उपाधिका लागि लाली रुपन्देही–११ संग शनिबार प्रतिस्पर्धा गर्नेछ । दोस्रो संस्करणमा यी दुई टोली फाइनलमा पुगेका थिए भने रुपन्देहीले बाजी मारेको थियो ।

५ लाख पुरस्कारको नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताकाको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल पाउनेछन् । यसैबीच, टिकट काटेर फुटबल हेर्ने एकजनाले मोबाइल पाएका छन् । आयोजकले लक्की ड्रबाट टिकट ८६ का सम्राटलाई मोबाइल दिएको हो ।

February 13, 2025

ब्राइट होराइजन र सैनिक आवासीय सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- मातातीर्थको ब्राइट होराइजन चिल्ड्रेन होम र सल्लाघारीको सैनिक आवासीय महाविद्यालय दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुल टाइब्रेकरमा ५-४ ले हराउँदै ब्राइट होराइजन अन्तिम चारमा पुगेको हो। निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। ब्राइट होराइजनका सन्देश महतरा प्लेयर […]

February 13, 2025

एनएसएल – छाड्ने २, खेल्ने ७

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको संख्या घटेको छ। यसपटक ७ टोलीले मात्र एनएसएल खेल्ने भएका छन् । दोस्रो संस्करण खेलेका स्पोटिङ इलाम दे मेची र वीरगन्ज युनाइटेडले यसपटक नखेल्ने भएका हुन्।पहिलो संस्करणमा ७ र दोस्रो संस्करणमा ९ टोलीले एनएसएल खेलेका थिए। पहिलो संस्करणमा विराटनगर सिटी एफसीले दोस्रो संस्करण खेलेन […]

February 13, 2025

एनएसएल अक्सनको मिति तय

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि अक्सन हुने मिति तय भएकाे छ । एनएलएसले आयोजक नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्ट (एनएसइएम) ले बिहीवार विज्ञप्ति जारी गरी अक्सन आगामी फागुन १० गते हुने घोषणा गरेको हो । अक्सनमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ श्रेणीसँगै विदेशी तथा आइकोनिक खेलाडी रहनेछन् । यसपटक […]

Success

Thank you for your time.