7 years ago
June 7, 2018
सिमरा (हाम्रो खेलकुद) – वडा नम्बर २ जीतपुरसिमरा उपमहानगर स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरकोे छ । सिमरा रंगशालामा बिहिबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा वडा नं. २१ लाई पराजित गर्दै २ नं वडा अन्तिम चारमा प्रवेश गरेको हो । वडा नं. २ को जीतमा विवश गुरुङले निर्णायक गोल गरे ।
पहिलो खेलमा वडा नं. १८ लाई पराजित गर्दै क्वार्टरफाईनलमा प्रवेश गरेको वडा नं. २ ले दोस्रा जित हात पार्ने क्रममा उत्कृष्ट प्रदर्शन ग¥यो । वडा नं. १५ लाई पराजित गरेर अन्तिम आठमा स्थान बनाएको वडा नं. २१ ले खेलमा बनाएको अवसर सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो ।
खेलको सुरुवात देखी दुवै टिमले आक्रामक प्रदर्शन गर्दै अवसरको सिर्जना गरेपनि सदुपयोग गर्न चुकेका थिए । खेलको २६ औं मिनेटमा वडा नं. २ का विवशको प्रहार वडा नं. २१ का गोलरक्षकले नियन्त्रणमा लिन सकेनन् । विवशको प्रहार आकर्षक नभएपनि गोलरक्षकको कमजोरीका कारण बलले जाली चुम्न पुगेको थियो ।
गोलरक्षकको कमजोरीको फाइदा उठाएको वडा नं. २ का लागि विवशको गोल नै निर्णायक बन्न पुग्यो । खेलको दोस्रो हाफमा वडा नं. २१ को थुप्रै प्रहार वडा नं. २ का गोलरक्षक सुजन श्रेष्ठले असफल तुल्याएका थिए । सुजन खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई वडा नं. २ का अध्यक्ष तिलक श्रेष्ठ र वडा नं. २१ का अध्यक्ष कृष्ण ठकुरीले ट्रफि वितरण गरेका थिए ।
प्रतियोगिता अन्तर्गत शुक्रबार नं. २२ र वडा नं. ७ बीच खेल हुनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सामुदायिक बिकासशील क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछ ।
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मातातीर्थको ब्राइट होराइजन चिल्ड्रेन होम र सल्लाघारीको सैनिक आवासीय महाविद्यालय दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुल टाइब्रेकरमा ५-४ ले हराउँदै ब्राइट होराइजन अन्तिम चारमा पुगेको हो। निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। ब्राइट होराइजनका सन्देश महतरा प्लेयर […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको संख्या घटेको छ। यसपटक ७ टोलीले मात्र एनएसएल खेल्ने भएका छन् । दोस्रो संस्करण खेलेका स्पोटिङ इलाम दे मेची र वीरगन्ज युनाइटेडले यसपटक नखेल्ने भएका हुन्।पहिलो संस्करणमा ७ र दोस्रो संस्करणमा ९ टोलीले एनएसएल खेलेका थिए। पहिलो संस्करणमा विराटनगर सिटी एफसीले दोस्रो संस्करण खेलेन […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि अक्सन हुने मिति तय भएकाे छ । एनएलएसले आयोजक नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्ट (एनएसइएम) ले बिहीवार विज्ञप्ति जारी गरी अक्सन आगामी फागुन १० गते हुने घोषणा गरेको हो । अक्सनमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ श्रेणीसँगै विदेशी तथा आइकोनिक खेलाडी रहनेछन् । यसपटक […]