7 years ago
June 7, 2018
बट्टार (हाम्रो खेलकुद)– विभागीय नेपाल पुलिस क्लब नुवाकोटमा जारी विशाल सिमेन्ट प्रथम नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । बट्टारस्थित खेल मैदानमा बिहिबार भएको खेलमा पोखरा–११ लाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै पुलिस प्रतियोगताको फाइनलमा पुगेको हो ।
पुलिसले उपाधिको लागि यो सिजन दुई उपाधि जितिसकेको ललितपुरको रुस्लान थ्री स्टारसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । थ्री स्टार बुधबार घरेलु टोली नुवाकोट–११ लाई ४–१ को फराकिलो अन्तरले पराजित गरेर अन्तिम दुईमा पुगेको थियो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । जसमा पुलिसले ले बाजी मा¥यो । पेनाल्टी सुटआउटमा पुलिसका सुमन लामा, अभिषेक रिजाल र तेज तामाङले गोल गरे । अजित भण्डारी र भोला सिलवालको प्रहार पोखराका गोलरक्षक राजाबावु थापाले रोकेकका थिए ।
पोखराका अजित गुरुङ र विश्व अधिकारी गोल गरे । तर, हुदा बिमल बस्नेत, हेमन गुरुङ र लक्ष्मण रुचालको प्रहार वाहिरिएको थियो । पुलिस अभिषेक रिजाल म्यान अफ दि म्याच घोषित भए । उनलाई साकुरा नेपालले नगद १० हजार रुपैयाँ प्रदान गर्यो ।
जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटवल संघले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मातातीर्थको ब्राइट होराइजन चिल्ड्रेन होम र सल्लाघारीको सैनिक आवासीय महाविद्यालय दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुल टाइब्रेकरमा ५-४ ले हराउँदै ब्राइट होराइजन अन्तिम चारमा पुगेको हो। निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। ब्राइट होराइजनका सन्देश महतरा प्लेयर […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको संख्या घटेको छ। यसपटक ७ टोलीले मात्र एनएसएल खेल्ने भएका छन् । दोस्रो संस्करण खेलेका स्पोटिङ इलाम दे मेची र वीरगन्ज युनाइटेडले यसपटक नखेल्ने भएका हुन्।पहिलो संस्करणमा ७ र दोस्रो संस्करणमा ९ टोलीले एनएसएल खेलेका थिए। पहिलो संस्करणमा विराटनगर सिटी एफसीले दोस्रो संस्करण खेलेन […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि अक्सन हुने मिति तय भएकाे छ । एनएलएसले आयोजक नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्ट (एनएसइएम) ले बिहीवार विज्ञप्ति जारी गरी अक्सन आगामी फागुन १० गते हुने घोषणा गरेको हो । अक्सनमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ श्रेणीसँगै विदेशी तथा आइकोनिक खेलाडी रहनेछन् । यसपटक […]