default_image

6 years ago

June 7, 2018

फिफा विश्वकप : ७ दिन बाँकी !

56 views

0 Bookmark

मस्को (एजेन्सी) – रसियामा आयोजना हुन लागेको विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ सुरु हुन अब ७ दिन बाँकी छ । सन् २०१६ मा युरोपेली च्याम्पियन्सिप जितेको पोर्चुगललाई पनि यसपटक विश्वकपमा बलियो टोलीको रुपमा हेरिएको छ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा उत्रने पोर्चुगलको समूह सहज भने छैन ।

पोर्चुगलले समूह ‘बी’ का खेलमा स्पेन, मोरोक्को र इरानको सामना गर्नेछ । इरान एसियाली छनोटमा सर्वोत्कृष्ट हुँदै विश्वकपसम्म आइपुगेको हो भने मोरोक्कोमा पनि राम्रो खेलाडीको जमात छ । विश्वकपको पूर्वविजेता स्पेन प्रतियोगिताको उपाधिका लागि मुख्य दावेदार मध्ये पर्छ । पोर्चुगलले यस समूहबाट अगाडी बढ्न उच्च प्रदर्शन गर्नुपर्ने हुन्छ । विशेषत कप्तान रोनाल्डोले गोल गर्ने जिम्मेवारी सम्हाल्नुपर्ने हुन्छ ।

रसियामा हुने विश्वकपमा ३२ राष्ट्र छन् । प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन्  । यसपटक विश्वकपमा दुई टोली, आइसल्याण्ड र पानामाले पहिलोपटक सहभागिता जनाउँदै छन् । १४ जुनबाट सुरु हुने प्रतियोगितामा कुल  ६४ खेल खेलिनेछ । प्रतियोगिताको आधिकारिक बल एडिडासले उत्पादन गर्नेछ । यसपटक एडिडासले सन् १९७० को विश्वकपबाट प्रेरित टेल्स्टार १८ नामक बल प्रयोग गर्नेछ । यसबाहेक विश्वकपको मास्कोटको रुपमा जाबिभाका पनि सार्वजनिक गरिएको छ ।

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.