7 years ago
June 6, 2018
सिमरा (हाम्रो खेलकुद) – वडा नं. १ जीतपुरसिमरा उपमहानगर स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार भएको खेलमा वडा नं. ११ माथी ५–० को फराकिलो जित हासिल गर्दै वडा नं. १ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।
वडा नं. १ लाई जीत दिलाउने क्रममा निरज राईले २ गोल गरे भने पुजन श्रेष्ठ, समर मगर र बसन्त लामाले समान १/१ गाले गरेका थिए । निर्धारित ८० मिनेटको खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक बन्यो । पहिलो हाफमा दुवै टिमले थुप्रै अवसर पाएपनि गोल गर्न सकेनन् । खेलको ३ मिनेटमै वडा नं. १ का उत्सव कंसकारले वन भर्सेस वनको स्थिती चुकाउन पुगे ।
खेलमा थुप्रै अवसर पाएको वडा नं. १ ले पाच वटै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ४७ औं मिनेटमा वडा नं. १ का निरज राईले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए । उनको प्रहार वडा नंं. ११ का गोलरक्षकले ठम्याउन सकेनन् । खेलको ६६ औं मिनेटमा वडा नं. १ का लागि पुजन श्रेष्ठले दोस्रो गोल गरे ।
निरज राईको पासलाई सदुपयोग गर्दै पुजनले बललाई जाली चुमाए । खेलमा २–० ले पछि परेपछि लय गुमाएको वडा नं. ११ ले खेलको ७१औं मिनेटमा तेस्रो गोल खान पुग्यो । निरज मगरको पासलाई सदुपयोग गर्दै समर मगरले गोल गरे ।
दोस्रो हाफमा वडा नं. ११ लाई दवावमा राख्दै उत्कृष्ट खेल प्रदर्शन गरेको वडा नं. ११ ले खेलको ७४औं मिनेटमा चौथो गोल थप्यो । टिमको लागि पहिलो गोल गरेका निरज राईले ब्यक्तिगत दोस्रो गोल गर्दै खेल ४–० को स्थितीमा पु¥याए । खेलमा फराकिलो जीत हात पार्दै अन्तिम चारमा स्थान बनाउने क्रममा वडा नं. १ ले खेलको ८०औं मिनेटमा पाचौ गोल गरेको थियो ।
उत्सव कंसकारको स्थानमा मैदान पसेका बसन्त लामाले उत्कृष्ट गोल गर्दै खेल ५–० को स्थितीमा पु¥याएका थिए । वडा नं. १ को जीतमा उत्कृष्ट खेल प्रदर्शन गरेका निरज राई खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई वडा नं. १ का सदस्य रामचन्द्र लामाले म्यान अफ दि म्याच वितरण गरेका थिए ।
प्रतियोगिता अन्तर्गत विहिवार वडा नं. २ र वडा नं. २१ बीच खेल हुनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सामुदायिक बिकासशील क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछ ।
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मातातीर्थको ब्राइट होराइजन चिल्ड्रेन होम र सल्लाघारीको सैनिक आवासीय महाविद्यालय दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुल टाइब्रेकरमा ५-४ ले हराउँदै ब्राइट होराइजन अन्तिम चारमा पुगेको हो। निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। ब्राइट होराइजनका सन्देश महतरा प्लेयर […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको संख्या घटेको छ। यसपटक ७ टोलीले मात्र एनएसएल खेल्ने भएका छन् । दोस्रो संस्करण खेलेका स्पोटिङ इलाम दे मेची र वीरगन्ज युनाइटेडले यसपटक नखेल्ने भएका हुन्।पहिलो संस्करणमा ७ र दोस्रो संस्करणमा ९ टोलीले एनएसएल खेलेका थिए। पहिलो संस्करणमा विराटनगर सिटी एफसीले दोस्रो संस्करण खेलेन […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि अक्सन हुने मिति तय भएकाे छ । एनएलएसले आयोजक नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्ट (एनएसइएम) ले बिहीवार विज्ञप्ति जारी गरी अक्सन आगामी फागुन १० गते हुने घोषणा गरेको हो । अक्सनमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ श्रेणीसँगै विदेशी तथा आइकोनिक खेलाडी रहनेछन् । यसपटक […]