default_image

7 years ago

June 6, 2018

रुस्लान थ्री स्टार नुवाकोट गोल्ड कपको फाइनलमा

84 views

0 Bookmark

बट्टार (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब विशाल सिमेन्ट प्रथम नुवाकोट गोल्डकपको फाइनलमा पुगेको छ । बट्टारस्थित खेल मैदानमा बुधबार भएको सेमिफाइनलमा घरेलु टोली नुवाकोट–११ को चुनौती ४–१ को फराकिलो अन्तरले पन्छाउदै थ्री स्टार नुवाकोट गोल्डकपको उपाधिनजिक पुगेको हो ।

यससँगै थ्री स्टार वर्षको तेस्रो उपाधि नजिक पुगेको छ । सिजनको सुरुमै इलाममा भएको माईं भ्याली गोल्डकपको च्याम्पियन बनेको थ्री स्टार त्यसपछि उदयपुर गोल्डकपको उपाधि जितेको थियो । थ्री स्टारले दुवै फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी मनाङ–मस्र्याङ्दी क्लबलाई पराजित गर्दै च्याम्पियन बन्न सफल भएको थियो ।

अब थ्री स्टारले उपाधिका लागि बिहिबार हुने नेपाल पुलिस क्लब र पोखरा ११ बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । थ्री स्टारको जितमा अजयी मार्टिन्सले २ तथा विजय धिमाल र कप्तान निराजन खड्का समान १ले गोल गरे । पराजित टिमका लागि दिपेश श्रेष्ठले गोल गरे ।

थ्री स्टारले खेलमा पछि परेको स्थिति उल्ट्याएको हो । खेलको आठौं मिनेटमा दिपेशको गोलबाट थ्री स्टार पछि परेको थियो । थ्री स्टारले ३८ औं मिनेटमा मार्टिन्सको गोलबाट खेललाई बराबरी ल्यायो । ४३ औं मिनेटमा मार्टिन्सले अर्को गोल थपेपछि थ्री स्टारले पहिलो हाफमा २–१ को अग्रता बनायो ।

दोस्रो हाफ सुरु भएको केही समयपछि नै दर्शकहरु अभद्र व्यवहारसहित मैदानमा प्रवेश गरेपछि खेल करिब १४ मिनेट रोकिएको थियो । त्यसपछि खेल पुन सुचारु हुदा थ्री स्टार थप २ गोल गरेको थियो । इन्जुरी समयको दोस्रो मिनेटमा विजयले गोल गर्दै थ्री स्टारको अग्रता ३–१ मा पु¥यायो । इन्जुरी समयको आठौं मिनेटमा कप्तान निराजनले सुन्दर गोल गर्दै थ्री स्टारको जित पक्का गरे ।

नुवाकोटका खेलाडीले बुद्ध चेम्जोङलाई डि–बक्समा लडाएपछि थ्री स्टारले पेनाल्टीको मौका पाएको थियो । जसलाई भर्खरै थ्री स्टारमा आबद्ध भएको रन्जन विष्टले गोल गर्न सकेनन् । रन्जनको प्रहार आकासिएको थियो । थ्री स्टारका मार्टिन्स खेलको म्यान अफ दी म्याच घोषित भए र साकुरा नेपालका तर्फबाट १० हजार रुपैयाँ प्राप्त गरे ।

जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुनेले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

February 13, 2025

ब्राइट होराइजन र सैनिक आवासीय सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- मातातीर्थको ब्राइट होराइजन चिल्ड्रेन होम र सल्लाघारीको सैनिक आवासीय महाविद्यालय दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुल टाइब्रेकरमा ५-४ ले हराउँदै ब्राइट होराइजन अन्तिम चारमा पुगेको हो। निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। ब्राइट होराइजनका सन्देश महतरा प्लेयर […]

February 13, 2025

एनएसएल – छाड्ने २, खेल्ने ७

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको संख्या घटेको छ। यसपटक ७ टोलीले मात्र एनएसएल खेल्ने भएका छन् । दोस्रो संस्करण खेलेका स्पोटिङ इलाम दे मेची र वीरगन्ज युनाइटेडले यसपटक नखेल्ने भएका हुन्।पहिलो संस्करणमा ७ र दोस्रो संस्करणमा ९ टोलीले एनएसएल खेलेका थिए। पहिलो संस्करणमा विराटनगर सिटी एफसीले दोस्रो संस्करण खेलेन […]

February 13, 2025

एनएसएल अक्सनको मिति तय

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि अक्सन हुने मिति तय भएकाे छ । एनएलएसले आयोजक नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्ट (एनएसइएम) ले बिहीवार विज्ञप्ति जारी गरी अक्सन आगामी फागुन १० गते हुने घोषणा गरेको हो । अक्सनमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ श्रेणीसँगै विदेशी तथा आइकोनिक खेलाडी रहनेछन् । यसपटक […]

Success

Thank you for your time.