default_image

7 years ago

June 6, 2018

‘सलाह विश्वकप अघि नै ठिक हुने आशा’

87 views

0 Bookmark

कायरो (एजेन्सी)– इजिप्ट राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक हेक्टर कुपरले मोहम्मद सलाह विश्व कप सुरु हुनु अघि फिट हुने आशा राखेका छन् । रियल म्याड्रिडसँग मे २६ मा भएको च्याम्पियन्स लिग फाइनलमा सर्जियो रामोससँग ठोक्किएर सलाह घाइते भएका थिए । उनको काँधमा चोट लागेको थियो ।

चोट लागेको केहि दिनमा इजिप्ट फुटबल संघले सलाह तीन साता भन्दा बढी मैदान बाहिर रहने बताएको थियो । यद्दपी उनलाई विश्व कपको २३ सदस्यीय टोलीमा समावेश गरेका थियो । ‘सलाह ठिक हुने क्रममा छन् ,’ कुपरले भने,‘ हामी अझै सुधारको अपेक्षमा छौं । चोटका कारण फिटनेस लेभलमा कमी आएको हुन सक्दछ ।’

उनले विश्व कप अघि नै सलाह फिट हुने अपेक्षा पनि गरे । ‘हाम्रा डक्टरले सुखद समाचार दिएका छन् । उनी उरुग्वे अघिको खेलमै हामीसँग हुने सम्भावना छ,’ उनले थपे,‘ हामी आशावादी र उनको प्रतिक्षामा छौं ।’ जुन १५ मा उरुग्वेसँग खेल्दै इजिप्टले यसपटकको विश्व कपको सुरुवात गर्नेछ ।

अहिले टोलीको तयारीमा कुनै असर नपरेको पनि प्रशिक्षक कुपरले बताए । ‘ हामीलाई खासै असर छैन । हामी पुरानै अवस्थामा छौं । हामी एक जना खेलाडीमा मात्र निर्भर छैनौं,’ प्रशिक्षकले भने,‘ सलाह हाम्रा महत्वपूर्ण खेलाडी हुन् । तर उनी समयमा फिट भएनन् भने पनि हामीसँग अरु खेलाडी छन् । ’

फुटबलमा चोट जो कोहिलाई पनि लाग्न सक्ने उल्लेख गर्दै प्रशिक्षकले भने,‘ फुटबल यहि हो । यो जो कोहिसँग पनि हुन सक्दछ । त्यसमा हामीले विकल्प राख्नुपर्दछ । तर, उनी फर्कनेमा हामी आशावादी छौं । ’ संघको फेसबुक पेजमा पनि सलाह चोटबाट ठिक हुने क्रममा रहेकाले उनी टोलीसँग हुने विश्वास व्यक्त गरिएको छ । समूह एमा रहेको इजिप्टले उरुग्वे पछि आयोजक रसिया र साउदी अरेबियाको सामना गर्नेछ ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.