default_image

6 years ago

June 6, 2018

मार्केज ऐतिहासिक पाँचौ विश्वकप खेल्ने तयारीमा

72 views

0 Bookmark

मस्को (एजेन्सी) – डिफेन्डर राफेल मार्केज मेक्सिकोले घोषणा गरेको २३ सदस्यीय अन्तिम टोलीमा परेसँगै पाँचौ विश्वकप खेल्ने अवसर प्राप्त गर्न लागेका छन् । रुसमा हुने विश्वकपमा मैदानमा उत्रिएको खण्डमा उनी पाँच विश्वकप खेल्ने तेस्रो खेलाडी हुनेछन् ।

यसअघि जर्मनीका लोथार मथाउस र मेक्सिकोकै एन्टोनियो कार्बाहालले पाँचपटक विश्वकप खेल्ने कीर्तिमान राखेका छन् । ३९ वर्षीय मार्केजले क्लब फुटबलबाट यसै सिजन संन्यास लिएका हुन् । मेक्सिकन क्लब एट्लासबाट सन् २०१६ देखि खेलेका उनले दुई वर्षमा ६० खेल खेलेका थिए । त्यसअघि उनले बार्सिलोनाबाट ७ वर्ष खेलिसकेका छन् । उनले सन् २००३ देखि २०१० सम्म बार्सिलोनाका लागि झन्डै २ सय खेल खेले ।

सन् १९९७ मा मेक्सिकोका लागि १८ वर्षको उमेरमा डेब्यु गरेका मार्केजले २१ वर्षीय करियरमा १ सय ४३ पटक खेलिसकेका छन् । डिफेन्डर भएपनि डिफेन्सिभ मिडफिल्डरको भूमिकामा खेल्न सक्ने उनलाई मेक्सिकन इतिहासको सर्वकालीन महानमध्यमा गनिन्छन् । सन् २००२ को विश्वकपमा पहिलो पटक विश्वकप खेलेका उनले त्यसयता सबै विश्वकपमा खेलेका छन् । सन् १९९८ को विश्वकपमा पनि उनको सम्भावना थियो तर विश्वकप अघि टोलीमा नियमित खेलेपनि अन्तमा प्रशिक्षकले उनलाई टोलीमा समेटेनन् ।

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.