9 years ago
February 2, 2016
काठमाडौं, माघ १९ । भारतमा हुने १२औं दक्षिण एसियाली खेलकुद सागका लागि सहभागिता जनाएका नेपाली पुरुष टोली मंगलबार भारत प्रस्थान गरेका छन् । महिला टोली बुधबार भारत प्रस्थान गर्नेछन् ।
एन्फाका कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठले सागमा सहभागिता जनाएका महिला र पुरुष दुवै टोलीलाई सफलताको शुभकामनासहित मंगलबार विदाई गरेका थिए ।
पुरुष फुटबल टिमले फेब्रुअरी ७ मा भुटानविरुद्व खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । भने महिला फुटबल टोलीले फेब्रुअरी ५ मा बंगलादेशविरुद्व खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको च्याम्पियन बनेको नेपाली टोलीलाई सागमा उपाधिको दावेदारको रुपमा हेरिएको छ ।
January 20, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटीले फराकिलो जित हासिल गरेको छ। अर्को खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । सिटीले इप्स्विच टावनलाई ६–० ले हरायो । इप्स्वीचको मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन फिल फोडेनले २, माटेओ कोभासिक, जेरेमी डोकु, एर्लिङ हाल्यान्ड र जेम्स म्याकअटीले समान १ गोल गरे । सिटीका फोडेनले २७औं […]
January 20, 2025
एजेन्सी – केलियन एमबाप्पेको २ गोल गरेको स्पेनिस ला लिगाको खेलमा रियल मड्रिडले सहज जित हासिल गरेको छ । रियलले आइतवार १० खेलाडीमा सिमित लास पाल्मासलाई ४-१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन एमबाप्पेसँगै ब्राहिम डियाज र रोड्रिगोले समान एक गोल गरे। पाहुना टोलीका लागि फाबियो सिल्भाको गोल सान्त्वना […]
January 19, 2025
हिमाल खरेल, बिर्तामोड भारतको सुदेवा दिल्ली एफसीलाई हराउँदै फुटबल क्लब झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा भारतको सुदेवा एफसी नयाँ दिल्लीलाई २-१ ले हराउँदै झापा ११ उपाधिनजिक पुगेको हो । उपाधिका लागि झापा ११ ले […]