7 years ago
June 6, 2018
टुरिन (एजेन्सी) – इटाली तथा युभेन्टसका भेट्रान गोलरक्षक जियानलुजी बुफोनलाई तीन खेलको प्रतिबन्ध सुनाइएको छ ।
बुफोनलाई युरोपेली फुटबल संघ (युइएफए) ले मंगलबार च्याम्पियनस लिगका ३ खेलमा प्रतिबन्ध सुनाइएको हो । च्याम्पियनस लिग अन्तर्गतको क्वार्टरफाइनलको दोस्रो लेगको खेलमा रेफ्रीमाथि अनावश्यक विवाद गरेको भन्दै रेफ्री मिकेल ओलिभरले बुफोनलाई रातो कार्ड देखाएका थिए ।
दोस्रो लेगको अन्तिम समय चलिरहँदा युभेन्टसका मेहदि बेनाटियाले लुका बास्क्वेजलाई डि बक्समा फउल गरेपछि रेफ्रीले रियललाई पेनाल्टीको मौका दिदा बुफोनले आपत्ति जनाएर रेफ्रीको विरोध गेका थिए । सोही पेनाल्टीमा रोनाल्डोले गोल गरेपछि रियलले समग्रमा ४–३ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको थियो ।
January 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको सातौं खेलमा पनि एपिएफ फुटबल क्लबले विजय यात्रालाई जारी राखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार भएको खेलमा शीर्ष टोली एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २-० ले हराएको छ। एपिएफका लागि रश्मिकुमारी घिसिङ र अनिता केसीले गोल गरे। दुवै गोल हेडमा भएको थियो। दुवै गोलमा […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा आज २ खेल भएका छन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार संकटा फुटबल क्लब र मछिन्द्र फुटबल क्लब विजयी भएका छन् । पहिलो खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई २-० ले पराजित गर्यो । मछिन्द्रको जितमा दुवै गोल राहुल कुमार योञ्जनले गरे । दोस्रो खेलमा संकटाले हिमालयन शेर्पा […]
January 20, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटीले फराकिलो जित हासिल गरेको छ। अर्को खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । सिटीले इप्स्विच टावनलाई ६–० ले हरायो । इप्स्वीचको मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन फिल फोडेनले २, माटेओ कोभासिक, जेरेमी डोकु, एर्लिङ हाल्यान्ड र जेम्स म्याकअटीले समान १ गोल गरे । सिटीका फोडेनले २७औं […]