6 years ago
June 5, 2018
मिलान (एजेन्सी) – रुसमा जुन १४ बाट सुरु हुने विश्वकप नजिकिंदै गर्दा विश्वकपमा छनोट हुन नसकेका टोली भने मैत्रीपूर्ण खेलमा व्यस्त छन् । यसैक्रममा सोमबार भएको मैत्रीपूर्ण खेलमा इटाली र नेदरल्यान्ड्सले १-१ को बराबरी खेलेका छन् ।
आलियान्ज रंगशालामा भएको खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफको ६७ औं मिनेटमा सिमोने जाजाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । तर त्यसको दुई मिनेटपछि इटाली दश खेलाडीमा सिमित भयो । डोमेनिको क्रिस्चिटोले पछाडीबाट रायन बाबेललाई लडाएपछि रेफ्रीले क्रिस्चिटोलाई रातो कार्ड देखाएका थिए ।
खेल सकिन २ मिनेट बाँकी रहँदा नाथन आकेले नेदरल्यान्ड्सका लागि बराबरी गोल फर्काए । उनले स्टिभन बर्घुसको पासलाई सदुपयोग गर्दै गोल गरे । राष्ट्रिय टोलीबाट पहिलो पटक खेलिरहेका आके ७१ औं मिनेटमा माथिस डे लिटको स्थानमा मैदान प्रवेश गरेका थिए ।
नेदरल्यान्ड्सका प्रशिक्षक रोनाल्ड कोम्यानले युवा खेलाडीहरुलाई मौका दिएर भविष्यको लागि टोली तयार पार्दै छन् । उनले सुरुआती रोजाईमा मेम्फिस डिपाएलाई फरवार्डको भूमिकामा खेलाएका थिए । इटालीका नयाँ प्रशिक्षक रोबर्टो मान्चिनीले पनि युवा खेलाडीलाई नै टोलीमा मौका दिए । आन्द्रीए बेलोट्टी अग्रपंक्तिमा खेल्दा उनलाई लोरेन्जो इन्सिन्या र सिमोने भर्डीले साथ् दिएका थिए ।
October 10, 2024
हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]