default_image

7 years ago

June 4, 2018

मेयर कप फुटबलमा वडा नं. १२ र ४ को जित

90 views

0 Bookmark

सिमरा (हाम्रो खेलकुद) – सिमरामा जारी प्रथम मेयर कप फूटवल अन्तर्गत सोमबार भएको खेलमा वडा नं. १२ र वडा नं. ४ विजयी भएको छ । सिमरा रंगशालामा भएको पहिलो खेलमा वडा नं. १२ ले वडा नं. १९ लाई १–० र वडा नं. ४ ले वडा नं. २३ लाई २–० ले पराजित गरेको हो ।

वडा नं. १२ लाई जित दिलाउने क्रममा सागर चौधरीले खेलको ३१औं मिनेटमा निर्णायक गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले थुप्रै अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । निर्धारित ६० मिनेटको खेलमा दुवै टोलीले पहिलो हाफमा बराबरी खेलेका थिए ।

वडा नं. १९ विरुद्ध केही अवसर खेर फालेको वडा नं. १२ ले दोस्रो हाफको सुरुवातमै गोल गरेको थियो । टिमका लागि निर्णायक गोल गरेका सागर चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए । वडा नं. ४ का अध्यक्ष भोजबहादुर खत्री, वडा नं. १९ का अध्यक्ष सुदनदास तत्मा र वडा नं. १२ का अध्यक्ष लालबाबु रायले म्यान अफ दि म्याच वितरण गरेका थिए ।

यसैगरी दोस्रो खेलमा वडा नं. २३ विरुद्ध जित निकाल्ने क्रममा वडा नं. ४ का लागि महेन्द्र लामा र सागर चौधरीले गोल गरे । वडा नं. ४ ले पहिलो हाफको ईन्जुरी समयमा खेलमा अग्रता लिएको थियो । टिमका लागि महेन्द्र लामाले पेनाल्टीमार्फत गोल गरेका थिए ।

वडा नं. २३ विरुद्ध संघर्षपूर्ण जित हासिल गर्ने क्रममा खेलको ३७ औं मिनेटमा सागर चौधरीले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए । वडा नं. २३ का अध्यक्ष अस्लम देवान र वडा नं. ४ का अध्यक्ष भोजबहादुर खत्रीले म्यान अफ दि म्याच वितरण गरेका थिए ।

प्रतियोगिता अन्तर्गत मंगलवार पहिलो खेल वडा नं. १० र वडा नं. ३ बीच हुनेछ । यसैगरी दोस्रो खेलमा वडा नं. २० र वडा नं. ८ बिच प्रतिस्पर्धा हुनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सामुदायिक बिकासशील युवा क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ५० हजार उपविजेताले २५ हजार प्राप्त गर्नेछ ।

February 13, 2025

ब्राइट होराइजन र सैनिक आवासीय सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- मातातीर्थको ब्राइट होराइजन चिल्ड्रेन होम र सल्लाघारीको सैनिक आवासीय महाविद्यालय दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुल टाइब्रेकरमा ५-४ ले हराउँदै ब्राइट होराइजन अन्तिम चारमा पुगेको हो। निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। ब्राइट होराइजनका सन्देश महतरा प्लेयर […]

February 13, 2025

एनएसएल – छाड्ने २, खेल्ने ७

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको संख्या घटेको छ। यसपटक ७ टोलीले मात्र एनएसएल खेल्ने भएका छन् । दोस्रो संस्करण खेलेका स्पोटिङ इलाम दे मेची र वीरगन्ज युनाइटेडले यसपटक नखेल्ने भएका हुन्।पहिलो संस्करणमा ७ र दोस्रो संस्करणमा ९ टोलीले एनएसएल खेलेका थिए। पहिलो संस्करणमा विराटनगर सिटी एफसीले दोस्रो संस्करण खेलेन […]

February 13, 2025

एनएसएल अक्सनको मिति तय

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि अक्सन हुने मिति तय भएकाे छ । एनएलएसले आयोजक नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्ट (एनएसइएम) ले बिहीवार विज्ञप्ति जारी गरी अक्सन आगामी फागुन १० गते हुने घोषणा गरेको हो । अक्सनमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ श्रेणीसँगै विदेशी तथा आइकोनिक खेलाडी रहनेछन् । यसपटक […]

Success

Thank you for your time.