default_image

7 years ago

June 4, 2018

रुस्लान थ्री स्टार नुवाकोट गोल्डकपको सेमिफाइनलमा

443 views

0 Bookmark

नुवाकोट (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब नुवाकोटमा जारी विशाल सिमेन्ट नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नुवाकोट बट्टारस्थित खेलमैदानमा सोमबार भएको क्वार्टरफाइनलमा थ्री स्टारले मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई ३–२ को अन्तरमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

फाइल तस्बिर

थ्री स्टारको जितमा राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङले २ र अजायी मार्टिनले १ गोल गरे । पराजित टिमका लागि सौजन राई र म्याक्सवेलले गोल गरे । खेलको १२ औं मिनेटमा थ्री स्टारले अनन्तको हेड गोलबाट अग्रता बनाएको थियो । २७ औं मिनेटमा मार्टिन्सले गोल गरेपछि थ्री स्टारले पहिलो हाफमा २–० को अग्रता बनायो ।

प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफमा दुवै टोलीले आक्रमक फुटबल खेलेका थिए । पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको खेल पस्केको मदन भण्डारीले दुई गोल गरेपनि जित दर्ता गर्न सकेन । ७७ औं मिनेटमा सौजनले गोल गर्दै गोल अग्रता २–१ मा झारका थिए ।

तर, ८२ औं मिनेटमा अनन्तले आफनो दोस्रो तथा टिमको लागि तेस्रो गोल गरेपछि थ्री स्टार पुन ३–१ ले अघि बढ्यो । इन्जुरी समयमा थ्री स्टारका विष्णु सुनारले विपक्षी खेलाडीलाई डि बक्समा लडाएपछि मदन भण्डारीले पेनाल्टी पाएको थियो ।

जसमा म्याक्सवेलले गोल गरेपनि त्यो खेलमा फर्काउन निक्कै नै ढिला भैसकेको थियो । भर्खरै एपिएफ छाडेका रञ्जन विष्ट पनि थ्री स्टारबाट खेलेका थिए । मदन भण्डारी स्पोर्टस् एकेडेमीले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी, झापा–११ का केही खेलाडीहरु टिममा उतारेको थियो ।

February 13, 2025

ब्राइट होराइजन र सैनिक आवासीय सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- मातातीर्थको ब्राइट होराइजन चिल्ड्रेन होम र सल्लाघारीको सैनिक आवासीय महाविद्यालय दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुल टाइब्रेकरमा ५-४ ले हराउँदै ब्राइट होराइजन अन्तिम चारमा पुगेको हो। निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। ब्राइट होराइजनका सन्देश महतरा प्लेयर […]

February 13, 2025

एनएसएल – छाड्ने २, खेल्ने ७

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको संख्या घटेको छ। यसपटक ७ टोलीले मात्र एनएसएल खेल्ने भएका छन् । दोस्रो संस्करण खेलेका स्पोटिङ इलाम दे मेची र वीरगन्ज युनाइटेडले यसपटक नखेल्ने भएका हुन्।पहिलो संस्करणमा ७ र दोस्रो संस्करणमा ९ टोलीले एनएसएल खेलेका थिए। पहिलो संस्करणमा विराटनगर सिटी एफसीले दोस्रो संस्करण खेलेन […]

February 13, 2025

एनएसएल अक्सनको मिति तय

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि अक्सन हुने मिति तय भएकाे छ । एनएलएसले आयोजक नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्ट (एनएसइएम) ले बिहीवार विज्ञप्ति जारी गरी अक्सन आगामी फागुन १० गते हुने घोषणा गरेको हो । अक्सनमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ श्रेणीसँगै विदेशी तथा आइकोनिक खेलाडी रहनेछन् । यसपटक […]

Success

Thank you for your time.