6 years ago
June 4, 2018
टुरिन (एजेन्सी) – मैत्रीपूर्ण खेल अन्तर्गत आज राति इटाली र नेदरल्यान्ड युभेन्टस स्टेडियममा भिड्दै छन् । सन् २००६ को विश्वकप विजेता इटाली र सन् २०१० को उपविजेता नेदरल्यान्ड दुवै यस पटक विश्वकपमा छनोट हुन असफल भएका हुन् ।
इटालीले आफ्नो अघिल्लो खेलमा फ्रान्ससँग ३-१ ले पराजय भोगेको थियो । नेदरल्यान्ड भने स्लोभाकियासँग १-१ को स्कोरमा रोकिएको थियो । यी दुवै टोली विश्वकपममा छनोट हुन असफल भएपछि टोली पुनर्निर्माणको चरणमा छन् ।
चिली पनि यस पटक विश्वकपमा छनोट हुन असफल रहेको हो । इटाली र नेदरल्यान्डको खेल नेपाली समय अनुसार रातिको १२.३० बजे सुरु हुनेछ ।
त्यस्तै आज विश्वकपमा सामेल केही राष्ट्रहरु पनि मैत्रीपूर्ण खेलमा सामेल छन्:
मरोक्को विरुद्ध स्लोभाकिया – ११.४५ बजे
सर्बिया विरुद्ध चिली – ११.४५ बजे
यस पटकको विश्वकपमा इटाली र नेदरल्यान्डलाई कतिको ‘मिस’ गर्नु भएको छ?
October 10, 2024
हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]