7 years ago
June 5, 2018
मस्को (एजेन्सी) – चोटबाट मुक्त हुँदै फिफा विश्वकपमा सहभागी हुने आशा लिएका मोहम्मद सलाहले इजिप्टको टोलीलाई नयाँ भरोसा देखाएका छन्।
लिभरपुलसंगको उत्कृस्ट सिजनसंगै विश्वकप सुरुहुन अब १० दिन बाँकी रहंदा सलाह आफ्नो फिटनेसलाई लिएर धेरै मिहिनेत गरिरहेका छन्। विशेषगरी शुक्रवार कोलम्बिया बिरुद्धको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेसंगै सलाहको फिटनेसलाई लिएर प्रशिक्षण हेक्टर कुप्पर खुशी हुनेछन्। अन्तिम हप्ता बिश्राम लिएपछि सलाहले समाजिक संजाल ट्वीटरमा आफ्नो दायाँ कुमलाई ध्यानमा राखेर कसरत गरेको फोटो राखेका थिए।
आक्रमण बनाउने खेलाडीको अभावमा रहेको इजिप्टलाई सलाहको उपस्थितिले मझ्बुत बनाउने देखिन्छ। शुक्रवारको खेलपछि प्रशिक्षक हेक्टरले भने, “हामी आशावादी छौं र हरेक मेडिकल रिपोर्टले उनी ठीक हुने बताएका छन् तर हामीले आउन सक्ने सबै अवस्थाको लागि तयारी गर्नुपर्छ। सलाहलाई प्रतिस्थापन गर्न सजिलो छैन किनकि उनि हाम्रो हतियार हुन् र विशेषगरी काउन्टर अट्याक बनाउने र द्रुत गतिमा दौडीन सक्ने क्षमता उनमा छ।”
च्याम्पियनस लिग फुटबलको फाइनल खेलमा रियल म्याड्रिडका कप्तान सर्जियो रामोससंगको विवादास्पद ठक्कर पछि सलाह आँखाबाट आँशु झार्दै मैदान छाडेका थिए। सो घटनापछि रुसमा आयोजनाहुने विश्वकपमा उनको सहभागितालाई लिएर चर्चा हुन थालको हो। “त्यो रात मेरो लागि धेरै कठिन थियो तर म योद्धा हुँ।“ सामाजिक संजाल इन्स्टाग्राममा सलाहले भनेकाछन्, “सबै कठिन परिस्थितिका बाबजुद म रुसमा हुनेमा र सबैलाई खुसी पार्ने कुरामा पक्का छु। तपाईंहरुको माया र सद्भावले मलाई चाहिएको बल दिन्छ।“
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]