7 years ago
June 4, 2018
म्युनिख (एजेन्सी) – साविक विश्वकप विजेता जर्मनीले आउंदो विश्वकपका लागि आफ्नो अन्तिम टोलीको घोषणा गरेको छ । प्रशिक्षक जोकिम लोले आफ्नो अन्तिम टोलीमा म्यानचेस्टर सिटीका लयमा रहेका विङर लेरोय सानेलाई भने समावेश गरेका छैनन् ।
लेरोय साने अष्ट्रिया विरुद्धको हारमा जर्मनीका लागि सुरुवात गरेका थिए । उनको साथै सुरुवात गरेका निल्स पेटेरसन पनि अन्तिम टोलीमा परेनन् । यसैगरी गोलकिपर बेर्न्ड लेनो र जोनाथन टाह पनि रुस जाने टोलीमा सामेल छैनन् ।
जर्मनीको अन्तिम विश्वकप टोली यस प्रकारको रहेको छ:
गोलकिपर – म्यानुयल नोया, मार्क-आन्द्रे टेर स्टेघन
डिफेन्डर – म्याट हमेल्स, जोसुवा किमिच, एन्टोनियो रुडिगर, निक्लास सुले, माथियास गिन्टर, जेरोम बोअेटाङ, मार्भिन प्लाटेनहार्ड्ट, जोनास हेक्टर
मिडफिल्डर/ फरवार्ड – जुलियन ब्रान्ड्ट, जुलियन ड्राक्सलर, सामि खेडिरा, टोनी क्रुस, टिमो वेर्नर, इक्ले गुन्डोगन, मारियो गोमेज, लियोन गोरेट्जका, मेसुट ओजिल, थोमस मुलर, मार्को रोयस, सेबास्टियन रुडि
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]