default_image

6 years ago

June 4, 2018

स्पेन बराबरीमा रोकियो

37 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – फिफा विश्वकप २०१८ को तयारीमा रहेको स्पेन मैत्रीपूर्ण खेलमा स्विटजरल्यान्डसँग १-१ को बराबरीमा रोकिएको छ । स्पेनले पहिलो हाफमा अग्रता लिएपनि स्विस टोलीले दोस्रो हाफमा गोल फर्काएको थियो ।

पहिलो हाफको २९ औं मिनेटमा डेविड सिल्भाको पासको सदुपयोग गर्दै अल्भारो ओड्रीओजोलाले स्पेनलाई अग्रता दिलाएका थिए । अल्भारोले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । दोस्रो हाफको ६२ औं मिनेटमा रिकार्डो रोड्रीग्वेजले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए । दुवै टोलीले यस खेलमा आफ्नो पहिलो रोजाईको टोली उतारेका थिए ।

स्पेनले अधिकांश समय स्विस टोलीलाई दवावमा राखेपनि थप गोल भने गर्न सकेन । स्पेनका गोलरक्षक डेविड डे हेयाले पनि केहि राम्रो बचाउ गरे । स्पेनका प्रशिक्षक जुलेन लोपेटेगुईले जेरार्ड पिके र सेजार एज्पिलिक्वेटालाई डिफेन्सको मध्य भागमा खेलाएका थिए । सर्जियो रामोस च्याम्पियन्स लिग फाइनल खेलेर विश्राममा रहेका कारण प्रशिक्षक जुलेनले नयाँ रणनीति अपनाएका थिए ।

मिडफिल्डमा कोके र थियागो खेल्दा आक्रामक मिडफिल्डमा इआगो आस्पास, आन्द्रेश इनिएस्टा र डेविड सिल्भा उपस्थित थिए । आक्रमणको जिम्मेवारी डिएगो कोस्टाले सम्हाले । अन्तिम ३०० मिनेटका लागि भने कोस्टाको स्थानमा रोड्रीगो र सिल्भाको स्थानमा मारको एसेन्सियोलाई जिम्मेवारी दिइएको थियो ।

स्पेनले विश्वकपको समूह ‘बी’ मा पोर्चुगल, मोरोक्को र इरान सामना गर्नेछ । स्विस टोलीले भने समूह ‘ई’ मा रहेका सर्बिया, कोस्टा रिका र ब्राजिलसँग खेल्नेछ ।

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.