default_image

6 years ago

June 4, 2018

फिफा विश्वकप : १० दिन बाँकी!

50 views

0 Bookmark

मस्को (एजेन्सी) – युरोपेली राष्ट्र रसियामा १० दिनपछि विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को सुरुआत हुँदैछ । चार वर्षमा एक पटक आउने सर्वश्रेष्ठ फुटबल प्रतियोगिताको उपाधि जित्नु एक सफल फुटबल करियरको पर्याय मानिन्छ । विश्वकप उपाधि नजितेको खण्डमा कुनैपनि विश्वस्तरीय खेलाडीको करियर अपुरो हुन्छ ।

यसपटक अहिलेका चर्चित केहि खेलाडी आफ्नो करियरको विश्वकप धोको पुरा गर्न तत्पर रहेको छन् । सो सुचिमा अर्जेन्टिनाका लिओनेल मेस्सीदेखि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सामेल छन् । मेस्सीको हकमा भन्नुपर्दा क्लब फुटबलमा एकछत्र राज जमाएका विशिष्ट खेलाडीले राष्ट्रिय टोलीबाट भने सोचेअनुरुप प्रदर्शन हुन सकेको छैन । यसकारण पनि उनीमाथि विश्वकप जितेर राष्ट्रिय टोलीको प्रदर्शनलाई सुखद बिट मार्ने अवसर छ ।

ब्राजिलका फरवार्ड नेयमार पनि सोहि लक्ष्यसहित अगाडी बढेका छन् । पछिल्लो संस्करणमा कोलोम्बियाविरुद्ध क्वाटरफाइनलमा ढाडको चोट बोकेपछि सेमिफाइनल गुमाएका उनले यस पटक भने सुरुआतमा फिटनेसको लागि संघर्ष गरिरहेका छन् । ब्राजिलका दिग्गज पेलेसँग दाँजिदै आएका नेयमारले उक्त दाँजोलाई न्याय गर्न भएपनि विश्वकप उपाधि जित्नेपर्ने दवाव छ । यसका लागि नेयमारले आफ्नो फिटनेस मात्र नभएर खेलमा पनि शत प्रतिशत मिहिनेत गर्नुपर्ने हुन्छ ।

इजिप्टका मोहमद सलाह, बेल्जियमका इडेन हजार्ड लगायत आधुनिक युगका जुर्मुराउँदा खेलाडी पनि आफ्नो करियरलाई लय दिन विश्वकपमा सफल प्रदर्शन गर्ने अपेक्षामा हुनेछन् । १० दिनपछि सुरु हुने विश्वकपले धेरैलाई निराश पार्नेछ भने विजेता टोलीका खेलाडीको करियरमा नयाँ आयाम ल्याउनेछ ।

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.