7 years ago
June 3, 2018
नेपालगञ्ज (हाम्रो खेलकुद) – टुबोर्ग तेस्रो नेपालगञ्ज गोल्डकपको सोमबार सुरु हुँदैछ । बाँके जिल्ला फुटबल संघले नेपाल राष्ट्रिय आदर्श निमावि, डीगाउँको खेल मैदानमा आइतबार पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगितामा ६ टोलीको सहभागिता रहने जानकारी गराए ।
नेपालगञ्ज–११, नेपाल एपिएफ क्लब, लाली रुपन्देही–११, सुदूरपश्चिम–११, सरस्वती क्लव र सिएमजी संकटा क्लबले नेपालगञ्ज गोल्डकपमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेल नेपालगञ्ज–११ र एपिएफबीचमा हुने शाहीले बताए । नेपालगञ्ज रंगशालामा आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीअन्तर्गत मर्मत सम्भार भएपछि गोल्डकप खजुरामा गर्नु परेको हो ।
संघका अध्यक्ष शाहीले खजुरा क्षेत्र फुटबलको क्रेज भएको ठाउँ भएकाले गोल्डकप उत्साहजनक हुने विश्वास व्यक्त गरे । यसपालीको गोल्डकपको टिकटमा भने ‘स्वविवेक’ प्रयोग गरिएको छ । फुटबल संघलाई सहयोग गर्न चाहनेले टिकटको पैसा दिन सक्छन् । गतवर्ष संघले टिकटबाट पाँच लाख रुपैया संकलगन गरेको थियो । न्यू डाँफे क्लबले ठूला प्रतियोगिता गरिरहेको मैदान भएकाले नेपालगञ्ज रंगशालाको विकल्प डीगाउँको मैदान भएको आयोजकले बताए ।
एन्फाका सदस्य प्रदेशसिंह राठौरले खजुरा क्षेत्रमा फुटबल गराउदा दर्शकको कमी नहुने आशा व्यक्त गरे । एन्फा ग्रासरुटबाट फुटबलको विकास गर्न लागि परेको समेत राठौरले बताए । वडाध्यक्ष एवं न्यू डाँफे क्लवका अध्यक्ष तीलकबीर सुनारले रातदिन खटेर मैदानलाई राम्रो बनाएको बताए । ‘खजुरा फुटबलको हव हो । हामी आफैले पनि ठूला प्रतियोगिता गराइसकेका छौं ,’ सुनारले भने,’ यो गोल्डकपमा नेपालगञ्जमा भन्दा बढी दर्शक आउँछन्।’
प्रतियोगिताको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले गर्ने तयारी भएको छ । उद्घाटन खेलका लागि दुवै तयार रहेको बताइएका छन् । एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठले सिनियर र जुनियर खेलाडी मिलाएर टोली ल्याएको बताए । एपीएफको धेरै सिनियर टोली नुवाकोटमा जारी गोल्डकप खेलिरहेका छन् । ‘खेलाडीहरु मिलाएर ल्याएका छौं, श्रेष्ठले भने, हामी अगाडि जान सक्छौं ।’
नेपालगञ्ज–११ ले पनि ए डिभिजन खेलेका खेलाडीहरु ल्याएको छ । व्यवस्थापक गान्धी हमालले मनाङबाट खेल्ने केही खेलाडी ल्याएको बताए । ‘टोली बनाउने कोसिस गरेका छौं । पहिलो र दोस्रो भन्दा यसपाली आशा पनि धेरै गरेका छौं, व्यवस्थापक हमालले भने, अन्तिमसम्म पुग्ने लक्ष्य छ ।’ प्रतियोगिताको उद्घाटन सोमबार दिउँसो ४ बजे हुनेछ ।
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मातातीर्थको ब्राइट होराइजन चिल्ड्रेन होम र सल्लाघारीको सैनिक आवासीय महाविद्यालय दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुल टाइब्रेकरमा ५-४ ले हराउँदै ब्राइट होराइजन अन्तिम चारमा पुगेको हो। निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। ब्राइट होराइजनका सन्देश महतरा प्लेयर […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको संख्या घटेको छ। यसपटक ७ टोलीले मात्र एनएसएल खेल्ने भएका छन् । दोस्रो संस्करण खेलेका स्पोटिङ इलाम दे मेची र वीरगन्ज युनाइटेडले यसपटक नखेल्ने भएका हुन्।पहिलो संस्करणमा ७ र दोस्रो संस्करणमा ९ टोलीले एनएसएल खेलेका थिए। पहिलो संस्करणमा विराटनगर सिटी एफसीले दोस्रो संस्करण खेलेन […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि अक्सन हुने मिति तय भएकाे छ । एनएलएसले आयोजक नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्ट (एनएसइएम) ले बिहीवार विज्ञप्ति जारी गरी अक्सन आगामी फागुन १० गते हुने घोषणा गरेको हो । अक्सनमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ श्रेणीसँगै विदेशी तथा आइकोनिक खेलाडी रहनेछन् । यसपटक […]