default_image

6 years ago

June 4, 2018

‘हामीले धेरै काम गर्नुछ’ – जर्मन प्रशिक्षक लो

37 views

0 Bookmark

म्युनिख (एजेन्सी) – जर्मन राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक जोचिम लोले शनिवार अष्ट्रियाविरुद्धको २-१ को हारबाट आफू निराश भएको बताएका छन् । उनले विश्वकप सुरु हुनुअघि टोलीले धेरै काम गर्नुपर्ने समेत बताएका छन् ।

विश्वकपको साविक विजता जर्मनी सन् १९८७-८८ यता पहिलो पटक लगातार ५ खेलमा हार बेहोर्न पुगेको छ । यसका साथै जर्मनीले सन् १९८६ यता पहिलो पटक अष्ट्रियाविरुद्ध हार बेहोर्नुले पनि टोलीमा थप निराशा छाएको हो । लोले भने, ‘यो हारले मलाई दुखित बनाएको छ । हामीले बनाएका धेरै योजना कार्यान्वयन गर्न सकेनौं । गोल गर्नसक्ने समयमा धेरै पटक बल गुमाउन पुग्यौं । हामी आफुलाई मुर्ख बनाउन चाहदैनौं भने आउने दुई हप्तामा हामीले धेरै काम गर्नुछ ।’

विश्वकप अन्तर्गत जुन १७ मा मस्कोमा मेक्सिकोको सामना गर्नुअघि जर्मनीले साउदी अरबियासंग अर्को मैत्रीपूर्ण खेल खेल्नेछ । ‘ शनिबार आफ्नै गल्तिको कारण पराजित भयौं । हामीले सुरुवाती अग्रता लिएपछि खेलमा पकडमा बनाएपनि ब्रेक अगाडी र ब्रेकपछीको १५-२० मिनेट हामीले लय गुमायौं । हामीले अपत्यारिलो ढंगले बल गुमाउन पुग्यौं र खेलमा धेरै पोसेसन गुमायौं । हाम्रो टोलीबाट यस्तो नतिजाको आशा राख्दैनौं । हाम्रै गल्तीका कारण विपक्षीले खेलमा फर्कने मौका पाए,’ प्रशिक्षक लोले सुनाए ।

गत सेप्टेम्बरमा खुट्टा भाँचिएपछि घाइते बनेका म्यानुएल नोएरले अष्ट्रियाविरुद्ध खेलमा  पुनरागमन गरे । सो विषयमा बोल्दै लोले भने, “नोएरको विषयलाई हेर्ने हो भने उनले सोचेभन्दा राम्रो पुनरागमन गरेका छन् । खेलपछि पनि उनको खुट्टामा केहि समस्या देखिएन र त्यो नै महत्वपूर्ण पक्ष हो,’ उनले थपे, ‘ उनले धेरै अवस्थामा राम्रो र छिटो प्रतिक्रिया देखाए । उनले चोटबाट पुनरागमन गरिरहेका भन्ने थाहा पाउन कठिन थियो । उनले २-३ वटा राम्रा बचाउ गरे । म उनीसँग अझै विस्तृत कुराकानी गर्नेछु । उनलाई खेल र यो हप्ताको प्रशिक्षण दुबैमा केहि समस्या थिएन । ‘

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.