default_image

6 years ago

June 4, 2018

‘सलाहको अनुपस्थितिले नकारात्मक असर पर्छ’ – इजिप्टका प्रशिक्षक हेक्टर कुपर

40 views

0 Bookmark

काइरो (एजेन्सी) – इजिप्ट फुटबल टोलीका मुख्य प्रशिक्षक हेक्टर कुपरले मोहम्मद सलाहको अनुपस्थितिले टोलीको विश्वकप तयारीलाई असर गरिरहेको बताएका छन् । शुक्रबार कोलम्बियाविरुद्धको मैत्रीपूर्ण खेलपछि कुपरले यस्तो अभिव्यक्ति दिएका हुन् ।

बेल्जियममा भएको खेलमा गोलरहित बराबरी खेलेसंगै कुपरले भने, ‘हामी सलाहको अनुपस्थितिलाई पुर्ने काम गरिरहेका छौँ। खेलाडीहरुले हाम्रो निर्देशनलाई राम्ररी पालना गरे तर सलाहको अनुपस्थितिले कुनैपनि टोलीलाई नकारात्मक असर पार्दछ ।’ गत अक्टोबर यता इजिप्टले लगातार ५ खेलमा जित निकाल्न असफल रहेको छ। च्याम्पियन्स लिगको फाइनलमा  रियल म्याड्रिड विरुद्धको खेलमा सलाह घाइते भएका थिए । जसकारण विश्वकप अन्तर्गत पहिलो खेलमा सलाह उपस्थित हुने वा नहुने अझैपनि निश्चित भएको छैन । समुह ‘ए’ को पहिलो खेलमा इजिप्टले जुन १५ मा उरुग्वेको सामना गर्दैछ ।

च्याम्पियन्स लिग फाइनलमा व्यस्त रहेका सलाहले यसअघि मे २५ मा भएको इजिप्ट र कुवेतको मैत्रीपूर्ण खेल समेत गुमाएका थिए । इजिप्टले विश्वकप अभ्यास खेल अन्तर्गत बुधवार बेल्जियमको सामना गर्दैछ । उक्त खेल पनि सलाहले गुमाउने छन्। इजिप्टले पछिल्लोपटक विश्वकप छनोटअन्तर्गत अक्टोबरमा कंगोलाई पराजित गरेयता जित हात पार्न सकेको छैन । उक्त खेलपछि इजिप्टले घानालाई बराबरीमा रोकेको छ भने पोर्चुगल र ग्रीससँग हार बेहोरेको छ । पछिल्ला दुई खेल भने बराबरीमा टुंगिएका छन् ।

salah

सलाहले चोट बोक्दै पहिलो हाफमा मैदान छाड्न परेको थियो ।

शुक्रवारको खेलपछि इस्लाम धर्मावलम्बीहरुको पर्व रमदानको व्रतका कारण खेलाडीहरुको प्रदर्शनमा असर पुगेको पनि प्रशिक्षक कुपरले बताए । ‘ विशेष गरेर खेलाडीहरुको व्रतले गर्दा उनीहरुको प्रदर्शनमा असर पुगेको थियो । तर पनि यो नतिजा राम्रो हो, ‘प्रशिक्षक कुपरले थपे, ‘हामी पोषण विशेषज्ञहरुसँग मिलेर व्रतका कारण खेलाडीहरुले पानी र खाना नखाँदा पुग्ने नकारात्मक असर कम गर्ने विषयमा काम गरिरहेका छौं ।’ शुक्रवारको खेललाई लिएर हेक्टरले भने, ‘म रक्षापंक्तिबाट कसरी सकेसम्म छिटो आक्रमण गर्ने भन्ने विषयलाई लिएर चिन्तित छु। हामीले कोलम्बिया जस्तो ठूलो टोलीसँग खेलेर सन्तुष्टि कमाउन चाहन्छौं । बराबरीको नतिजा राम्रो हो तर आउने दिनहरुमा हामी थप खेल जित्न चाहन्छौं ।’

सात पटकको अफ्रिकी च्याम्पियन इजिप्ट विश्वकपको समूह ‘ए’ मा रहेको छ । इजिप्टले आफ्नो दोस्रो खेलमा जुन १९ मा आयोजक रसिया र तेस्रो खेलमा जुन २५ मा साउदी अरबियाको समाना गर्नेछ। इजिप्टले सन् १९९० पछि पहिलो पटक विश्वकपमा स्थान बनाएको हो ।

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.