default_image

7 years ago

June 3, 2018

मेयर कपमा वडा नं. ५ र १४ को जित

55 views

0 Bookmark

सिमरा (हाम्रो खेलकुद) – सिमरामा जारी प्रथम मेयर कप फूटवल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा वडा नं. ५ र वडा नं. १४ विजयी भएका छन् । सिमरा रंगशालामा भएको पहिलो खेलमा वडा नं. ५ ले वडा नं. ९ लाई २–० ले पराजित गरेको हो । यसैगरी दोस्रो खेलमा वडा नं. १४ ले वडा नं. १७ विरुद्ध ३–० को जित निकालेको हो ।

वडा नं. ५ लाई जीत दिलाउने क्रममा कृपा चौधरी र विजयानन्द चौधरीले समान १/१ गोल गरे । प्रतिस्पर्धात्मक खेलमा वडा नं. ९ विरुद्ध जीत निकाल्ने क्रममा वडा नं. ५ दुबै गोल दोस्रो हाफमा गरेको हो । पहिलो हाफमा दुबै टिमले अवसर पाएपनि गोल गर्न सकेनन् । खेलको ४४औं मिनेटमा वडा नं. ५ का कृपा चौधरीले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो गोल भने वडा नं. ५ ले खेलको ६० औं मिनेटमा गरेको थियो ।

निर्धारित ६० मिनेट खेलको अन्तिम समयमा बिजयानन्द चौधरीले गोल गर्दै टिमलाई २–० को जीत दिलाए । खेलको म्यान अफ दि म्याच वडा नं. ५ का कृपा चौधरी घोषित भए । वडा नं. ५ का अध्यक्ष मोहित चौधरी र वडा नं. ९ का अध्यक्ष प्रभुनाथ चौधरीले म्यान अफ दि म्याच वितरण गरेका थिए ।

यसैगरी दोस्रो खेलमा वडा नं. १७ विरुद्ध सहज जीत दर्ता गर्ने क्रममा वडा नं. १४ का लागि अशोक चौधरीले दुई र कमल सापकोटाले एक गोल गरे । खेलको छैठौं मिनेटमा अशोक चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । वडा नं. १७ विरुद्ध हाबी देखिएको वडा नं. १४ ले थप दुई गोल खेलको दोस्रो हाफमा गरेको थियो ।

खेलको ४३ औं मिनेटमा कमल सापकोटाले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । वडा नं. १७ को प्रयास असफल पारेको वडा नं. १४ ले तेस्रो गोल खेलको ५९औं मिनेटमा गरे । वडा नं. १७ का जगत चौधरीले डिबक्सभित्र अशोक चौधरीलाई लडाएपछि वडा नं. १४ ले पेनाल्टीको अवसर पाएको थियो । पेनाल्टीमा अशोक चौधरीले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे ।

खेलको म्यान अफ दि म्याच वडा नं. १४ का अशोक चौधरीले घोषित भए । वडा नं. १४ का अध्यक्ष रामशरण बर्तौला र वडा नं. १७ का अध्यक्ष नवराज खड्काले म्यान अफ दि म्याच वितरण गरेका थिए । प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा वडा नं. १९ र वडा नं. १२ भिड्नेछन् । यसैगरी दोस्रो खेलमा वडा नं. ४ र वडा नं. २३ बीच प्रतिस्प्र्धा हुनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सामुदायिक बिकासशील क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ पाउनेछ ।

February 13, 2025

ब्राइट होराइजन र सैनिक आवासीय सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- मातातीर्थको ब्राइट होराइजन चिल्ड्रेन होम र सल्लाघारीको सैनिक आवासीय महाविद्यालय दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुल टाइब्रेकरमा ५-४ ले हराउँदै ब्राइट होराइजन अन्तिम चारमा पुगेको हो। निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। ब्राइट होराइजनका सन्देश महतरा प्लेयर […]

February 13, 2025

एनएसएल – छाड्ने २, खेल्ने ७

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको संख्या घटेको छ। यसपटक ७ टोलीले मात्र एनएसएल खेल्ने भएका छन् । दोस्रो संस्करण खेलेका स्पोटिङ इलाम दे मेची र वीरगन्ज युनाइटेडले यसपटक नखेल्ने भएका हुन्।पहिलो संस्करणमा ७ र दोस्रो संस्करणमा ९ टोलीले एनएसएल खेलेका थिए। पहिलो संस्करणमा विराटनगर सिटी एफसीले दोस्रो संस्करण खेलेन […]

February 13, 2025

एनएसएल अक्सनको मिति तय

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि अक्सन हुने मिति तय भएकाे छ । एनएलएसले आयोजक नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्ट (एनएसइएम) ले बिहीवार विज्ञप्ति जारी गरी अक्सन आगामी फागुन १० गते हुने घोषणा गरेको हो । अक्सनमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ श्रेणीसँगै विदेशी तथा आइकोनिक खेलाडी रहनेछन् । यसपटक […]

Success

Thank you for your time.