default_image

6 years ago

June 4, 2018

बार्सिलानोका अध्यक्षको समर्थन मेस्सीको अर्जेन्टिनालाई

54 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– बार्सिलोना क्लबका अध्यक्ष जोसेप मारिा बोर्टमेउले विश्व कपमा आफ्नो स्पोनिस राष्ट्रिय टोलीलाई नभई अर्जेन्टिनालाई समर्थन गर्ने स्वीकारेका छन् । लियोनल मेस्सीकै कारण आफुले अर्जेन्टिनालाई समर्थन गर्ने अध्यक्ष बोर्टमेउले प्रष्ट पारेका हुन् ।

मेस्सीले आफ्नो खेल जीवनमा अहिले सम्म जित्न नसकेको भनेको विश्व कप उपाधि मात्रै हो । क्लब स्तरमा बार्सिलोनाबाट उनले सबै खाले उपाधि जितिसकेका छन् । ३० वर्षे सुपर स्टार विश्व कप उपाधिको निकट पुगेर पनि असफल भएका थिए । चार वर्षअघि ब्राजिलमा भएको विश्व कपको फाइनलमा मेस्सीको टोली जर्मनीसँग १–० ले पराजित भएको थियो ।

‘मलाई आशा छ मेस्सीले विश्व कप जित्नेछन् ,’ अध्यक्ष बोर्टमेउसले भने,‘ मलाई लाग्छ मेस्सी फुटबल इतिहासकै उत्कृष्ट खेलाडी हुन् । उनी विश्वकप जित्न सक्छन् र सपना पुरा गर्न सक्छन् । ’ एक अर्थमा अर्जेन्टिनाको विश्व कप जित्ने सपना मेस्सीकै जिम्मेवारीमा रहेको मानिन्छ । उनीबाट धेरैले उच्च प्रदर्शनको आशा गरेका छन् । अर्जेन्टिनाको रक्षापक्ति उच्च स्तरको मानिन्न तर पनि उनी गोल गर्नमा भने सफल मानिन्छन् ।

उनीहरु आक्रमक शैली भने अत्यन्तै खतरनाक मानिन्छ । तर, अघिल्लो विश्व कपको फाइनलमा भने उनीहरु गोल गर्न असफल भएका थिए । रसियामा अर्जेन्टिनालाई दाबेदार मध्येको एकका रुपमा हेरिएको छ । समूह डीमा अर्जेन्टिना नाइजेरिया, आइसल्यान्ड र क्रोएसियासँग छ ।

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.