default_image

6 years ago

June 3, 2018

अर्जेन्टिनाको टोली बार्सिलोनामा,अगुएरोलाई मेस्सीको शुभकामना

46 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– अर्जेन्टिनाको फुटबल टोलीले विश्व कपको अन्तिम तयारी बार्सिलोनाको प्रशिक्षण मैदानमा जारी राखेको छ । लियोनल मेस्सी र उनका सहकर्मीले विश्व कपका लागि ला लिगाको विजेता टोलीको मैदान प्रयोग गर्दै आएको छ ।

यहि बीचमा शनिबार टोलीका स्ट्राइकर सर्जियो अगुएरोको जन्मदिन पनि मनाइएको छ । मेस्सीले अगुएरोसँगको फोटो इन्स्टाग्राममा पोष्ट गर्दै जन्म दिनको शुभकामना दिएका छन् । जर्ज साम्पोलीको टोलीले शुक्रबार दुई सत्र अभयास गरेको थियो । आइतबार बिहान र सोमबार टोलीले पुनः दुई सत्र अभ्यास गर्ने बताइएको छ ।

अर्जेन्टिनाका टोलीसँग बिहिबार बार्सिलोना पुग्दा मेस्सीलाई बार्सिलोनाका समर्थकले भव्य स्वागत गरेका थिए । । रसिया विश्व कपका लागि साम्पोलीको टोली जुन ८ सम्म बार्सिलोनामै रहनेछ । त्यसपछि जेरुसलम पुगेर इजराइलसँग मैत्रीपूर्ण खेल खेलेपछि टोली रसिया प्रस्थान गर्नेछ ।

विश्व कपको समूह डीमा रहेको अर्जेन्टिनाले आइसल्यान्ड जुन १६ मा प्रतिस्पर्धा गर्दै विश्व कपको यात्रा सुरु गर्नेछ । त्यसको पाँच दिन पछि क्रोएसियााको सामना गर्ने अर्जेन्टिनाले समूह चरणको अन्तिम खेल जुन २६ मा नाइजेरियासँग खेल्ने छ ।

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.