default_image

6 years ago

June 3, 2018

फिफा विश्वकप : ११ दिन बाँकी!

32 views

0 Bookmark

मस्को (एजेन्सी) – युरोपेली राष्ट्र रसियामा ११ दिनपछि विश्व फुटबल मात्र नभएर विश्व खेलकुदकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप २०१८ आयोजना हुँदैछ । ३२ राष्ट्रले सहभागिता जनाएको प्रतियोगिताको डिफेन्डीङ च्याम्पियन जर्मनी हो । यद्यपी यसपटक जर्मनीसँगै ब्राजिल र अर्जेन्टिनालाई पनि उपाधिको बलियो दावेदारको रुपमा हेरिएको छ ।

दक्षिण अमेरिकी राष्ट्र ब्राजिल र अर्जेन्टिनामा स्टार खेलाडीहरुको घुइंचो नै छ । सुरुआती रोजाइका खेलाडी छन् सम्बन्धित टोलीका प्रशिक्षकलाई सधैं टाउको दुखाइ बन्ने गर्दछ । ब्राजिलियन टोलीमा मिडफिल्ड खेलाडी कोउटिन्होले महत्त्वौर्ण भूमिका खेल्न सक्नेछन् । निकै क्रिएटिभ मानिने मिडफिल्डर कोउटिन्हो राम्रो पास र सेट पिसमा गोल गर्ने क्षनाताका लागि परिचित छन् । उनले समान्यतया पेनाल्टी क्षेत्रबाहिर बाटै गोल गरेका छन् ।

ब्राजिलको मुख्य प्रतिद्वन्द्वीको रुपमा देखिएको अर्जेन्टिनाको लागि पनि विंगर एन्जल डी मारियाको भूमिका महत्त्वपूर्ण हुनेछ । विंग्समा तीव्र गतिमा कुद्न सक्ने र राम्रो क्रस गर्न सक्ने भएकाले उनको सम्भावना बलियो छ । फ्रान्सेली लिगमा पेरिस सेन्ट जर्मेनलाई लिग र कप जिताउन पनिं उनले बलियो भूमिका खेलेका थिए । यसपटक विश्वकपमा पनि उनी सफलता चुम्ने सुरमा छन् ।

दुवै टोलीका लागि महत्त्वपूर्ण खेलाडी डी मारिया र कोउटिन्होले नियमित स्थान बनाउन भएपनि विश्वकपका सुरुआती खेलमा राम्रो प्रदर्शन गर्नु जरुरि छ । व्यक्तिगत प्रदर्शन छँदै छ, टोलीको राम्रो नतिजाको लागि पनि यी खेलाडीले अपेक्षाकृत प्रदर्शन गर्न जरुरि छ ।

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.