7 years ago
June 2, 2018
सिमरा (हाम्रो खेलकुद) – सिमरामा जारी प्रथम मेयर कप फूटवल प्रतियोगिता अन्तर्गत शनिवार भएको खेलमा वडा नं. २२ र वडा नं. ७ विजयी भएको छ । सिमरा रंगशालामा भएको पहिलो खेलमा वडा नं. २२ ले वडा नं. १६ लाई र दोस्रो खेलमा वडा नं. ७ ले वडा नंं. २४ लाई पराजित गरेको हो ।
प्रतिस्पर्धामक पहिलो खेलमा वडा नं. २२ लाई जित दिलाउन रोशन स्याङबो र सुशान्त घलानले गोल गरे । वडा नं. १६ का लागि उर्गेन लामाले गोल गरेका थिए । वडा नं. १६ ले लिएको अग्रता उल्टाउदै वडा नंं २२ ले जीत हात पारेको हो ।
खेलको १९औं मिनेटमा उर्गेन लामाले गोल गर्दै वडा नंं १६ लाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेट बित्न नपाउदै रोशन स्याङबोले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । वडा नं. २२ खेलको दोस्रो गोल खेलको अन्तिम समयमा गरेका थिए । निर्धारित ६० मिनेटको खेलमा सुशान्त घलानले खेलको ५० औं मिनेटमा गोल गर्दै टिमलाई जीत दिलाए ।
दोस्रो रोमाञ्चक खेलमा वडा नं. ७ का लागि खेलको ३७ औं मिनेटमा राजन चौधरीले निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच वडा नंं. २४ का गोलरक्षक घोषित भए । प्रतियोगिता अन्तर्गत आईतवार वडा नं. ५ र वडा नं. ९ बीच पहिलो खेल हुनेछ । यसैगरी दोस्रो खेलमा वडा नं. १७ र वडा नं. १५ बीच प्रतिस्पर्धा हुनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सामुदायिक बिकासशील क्लबले आयोजना गरेको प्रतियोगिताको बिजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मातातीर्थको ब्राइट होराइजन चिल्ड्रेन होम र सल्लाघारीको सैनिक आवासीय महाविद्यालय दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुल टाइब्रेकरमा ५-४ ले हराउँदै ब्राइट होराइजन अन्तिम चारमा पुगेको हो। निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। ब्राइट होराइजनका सन्देश महतरा प्लेयर […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको संख्या घटेको छ। यसपटक ७ टोलीले मात्र एनएसएल खेल्ने भएका छन् । दोस्रो संस्करण खेलेका स्पोटिङ इलाम दे मेची र वीरगन्ज युनाइटेडले यसपटक नखेल्ने भएका हुन्।पहिलो संस्करणमा ७ र दोस्रो संस्करणमा ९ टोलीले एनएसएल खेलेका थिए। पहिलो संस्करणमा विराटनगर सिटी एफसीले दोस्रो संस्करण खेलेन […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि अक्सन हुने मिति तय भएकाे छ । एनएलएसले आयोजक नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्ट (एनएसइएम) ले बिहीवार विज्ञप्ति जारी गरी अक्सन आगामी फागुन १० गते हुने घोषणा गरेको हो । अक्सनमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ श्रेणीसँगै विदेशी तथा आइकोनिक खेलाडी रहनेछन् । यसपटक […]