default_image

6 years ago

June 2, 2018

विदामा रहेका रोनाल्डोले बेल्जियमविरुद्धको खेल गुमाउन सक्ने

34 views

0 Bookmark

लिस्बन (एजेन्सी)– विश्व कपका सहभागी राष्ट्रका खेलाडी अहिले तयारीमा व्यस्त छन् । तर, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो विदा मनाइरहेका छन् । उनका प्रशिक्षक फर्नान्डो सान्टोसलाई पनि रोनाल्डोलाई टोलीमा आबद्ध हुन कुनै हतार नभएको बताउँछन् । केहि समयको विश्रामले उनलाई थप प्रतिबद्ध बनाउनेमा प्रशिक्षक सान्टोस विश्वस्त छन् ।

गत शनिबार मात्र रोनाल्डो सम्मिलित रियल म्याड्रिडले लगातार तेस्रो पटक च्याम्पियन्स लिग उपाधि जितेको थियो । त्यसयता भने उनी विदामा छन् । विश्व कपका लागि पूर्ण रुपमा उत्साहका साथ फर्कनलाई पनि उनका लागि यो विदा अर्थपूर्ण हुने अनुमान छ । प्रशिक्षक सान्टोस आफ्ना सुपरस्टारको अहिलेको अवस्था हेर्न आवश्यक नरहेका र उनी लयमा फर्कनेमा विश्वस्त छन् ।

‘रोनाल्डो विदामा छन् । म उनलाई बोलाउन हतारिनेमा छैन । सिजनभरको खेलबाट उनी पक्कै पनि थकानमा छन्,’ उनले भने, ‘मैले अहिले उनीसँग कुरा गरेको छैन । आशा छ , उनको विदा राम्रो भएको होला । उनी फर्कदा राम्रो लयमा हुनेछन् । हाम्रो लागि त्यहि महत्वपूर्ण छ ।’ म्यानचेस्टर युनाइटेडका पूर्व स्टारले विश्व कप छनोटमा राष्ट्रिय टोलीका लागि सर्वाधिक १५ गोल गरेका थिए ।

झन्डै दुई सातापछि सुरु हुने रसिया विश्वकपमा पनि रोनाल्डो टोलीका मुख्य हतियार हन् । तुलानात्मक रुपमा पोर्चुगल कठिन समूह छ । जसमा स्पेन, इरान र मोरोक्को छन् । सान्टोसको टोलीले विश्व कपमा १५ जुनमा स्पेनको सामना गर्नुअघि आज बेल्जियमसँग खेल्दै छ र प्रशिक्षकको भनाई अनुसार उनी आजको खेलमा सामेल हुने छैनन् ।

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.