7 years ago
June 2, 2018
प्रकाश तिमल्सिना
पोखरा- राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का नेपाली महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) मा नेतृत्व परिवर्तनसँगै नयाँ प्रशिक्षक नियुक्ती गर्ने प्रक्रियामा खड्कालाई महिला टोलीको जिम्मा दिइएको हो ।
यो महिनाको सुरुवातबाट लागु हुने गरि नियुक्ती दिइएको एन्फाका महासचिव इन्द्रमान तुलाधारले हाम्रो खेलकुदलाई जानकारी दिए । ‘एएफसी ए लाइसेन्स होल्डरहरु मध्येबाट हामीले प्रशिक्षक छानेका हौं,’ उनले भने, ‘त्यसमा खड्कालाई महिला टोलीको जिम्मेवारी दिइएको हो ।’
खड्काले महिला टोलीको जिम्मेवारी पाउनुलाई अवसर र चुनौति दुवै हिसाबमा लिएका छन् । उनले आफ्नो पहिलो लक्ष्य महिला टोलीलाई महिला साफ च्याम्पियनसिप जिताउने रहेको बताएका छन् । यसअघिको साफ च्याम्पियनसिपमा बाहेक नेपाल सबै संस्करणको उपविजेता हो ।
‘हामीकहाँ पुरुष खेलाडीको दाजोमा जति कार्यक्रम हुन्छन् त्यति महिलाको छैन । त्यसैले महिला फुटबल विकासका लागि पनि त्यस्तै कार्यक्रम ल्याउन जरुरी छ जति पुरुषका छन्’ नेपाली राष्ट्रिय टोलीबाट सर्वाधिक १३ गोल गर्ने मध्येका एक खड्काले भने, ‘उमेर समूहको खेलाडी छनोटको प्रक्रिया अघि बढाउँदैछौं । त्यस्तै पुरुषहरुको जस्तै महिलाहरुका लागि पनि एकेडेमी सञ्चालनको लागि एन्फामा प्रस्ताव गर्नेछु ।’
उनले महिलाको उमेर समूहका खेलाडी छनोट गर्ने र लिगलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् । ‘हामी महिला फुटबल विकासका लागि एन्फामा योजना पेश गर्ने हौं,’ खड्काले भने, ‘मेरो प्रशिक्षण टोलीलाई पनि केहि समयमा पूर्णता दिएपछि हामी कार्ययोजना पनि बनाउनेछौं ।’ यो वर्ष नेपालले महिला साफ च्याम्पियनसिपलगायत उमेर समूहका प्रतियोगितामा पनि भाग लिने तयारी गरिरहेको छ ।
राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक र एन्फा यू १४ को प्रशिक्षण सम्हालिसकेका खड्का एन्फाको यसअघिको निर्वाचनपछि भने जिम्मेवारीबाट हटाइएका थिए । २०७३ मा उपेन्द्रमान सिंहलाई उपाध्यक्ष पदमा निर्वाचित गराउने अभियानमा लागेका कारण खड्कासहित अर्का पूर्व कप्तान एवम् प्रशिक्षक बालगोपाल महर्जनलाई एन्फाबाट हटाइएको थियो ।
गत महिनाको निर्वाचनमा कर्मा छिरिङ शेर्पाको नेतृत्वमा एन्फाको कार्यसमिति आएसँगै महर्जन र खड्का जिम्मेवारी सहित फर्केका छन् । शेर्पाकै समूहबाट सिंह उपाध्यक्षमा निर्वाचित भएपनि खड्का र महर्जनलाई एन्फा प्रशिक्षकमा फर्काइएको हो । नेपाली टोलीलाई झन्डै ३ वर्षअघि बंगबन्धु गोल्डकप जिताएका महर्जन राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी पाएका छन् ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]