default_image

7 years ago

June 2, 2018

दाबेदार फ्रान्स मैत्रीपूर्ण खेलमा इटाली विरुद्ध विजयी

73 views

0 Bookmark

मस्को (एजेन्सी) – विश्वकपको मैत्रीपूर्ण खेलमा यस पटकको बलियो दाबेदार मानिएको फ्रान्सले इटालीलाई ३-१ ले हराउन सफल भएको छ । इटाली भने यस विश्वकपमा छनोट हुन असफल भएको थियो ।

फ्रान्सले खेलको आठौं मिनेटमै अग्रता लिन सफल भएको थियो । किलियन बाप्पेको पास सदुपयोग गर्दै बार्सिलोनाका सामुयल उम्टिटीले स्कोर १-० बनाएका थिए ।

त्यस्तै डिफेन्डर लुका हर्नान्डेजलाई बक्समा इटालीले फल गरेकाले फ्रान्सले २९ औं मिनेटमा पेनाल्टी पाएको थियो । सो पेनाल्टी एन्टोइन ग्रिजम्यानले गोलमा परिणत गर्दै टोलीको अग्रता दोब्बर पारे ।

पहिलो हाफमा इटाली एक गोल फर्काउन सफल भएको थियो । मारियो बालोटेलीको फ्रि-किकमा कप्तान लियोनार्डो बोनुचीले गोल गरेका थिए । तर ६३ औं मिनेटमा बाप्पेको काउन्टर-अट्याकमा बार्सिलोनाका उस्माने डेम्बेलेले सुन्दर प्रहार गर्दै जित सुनिश्चित गरेका थिए ।

डेम्बेलेले र चेल्सीका एन्गोलो कान्टेको एक-एक प्रहार पोस्टमा लागेको पनि थियो । लयमा देखिएको फ्रान्सको खेलभरी ५७ प्रतिशत पोजेसन पनि रहेको थियो । फ्रान्स विश्वकपमा समूह ‘सी’ मा अष्ट्रेलिया, पेरु र डेन्मार्कसँग रहेको छ ।

के यसपटकको विश्वकप फ्रान्सले जित्न सक्ला?

हेर्नुहोस् फ्रान्सको अन्तिम विश्वकप टोली

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.