7 years ago
June 1, 2018
मस्को (एजेन्सी) – फिफा विश्वकप २०१८ सुरु हुन अब १३ दिन मात्र बाँकी छ । रसियाको ११ सहरमा हुने विश्वकप फुटबलमा ३२ टोलीको सहभागिता रहेको छ । ब्राजिलमा आयोजित पछिल्लो संस्करणमा जर्मनीले अर्जेन्टिनालाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो ।
जर्मनी यस पटक पनि उपाधिको दावेदारको रुपमा लिइएको टोली हो । प्रशिक्षक जोकिम लोले अनुभवी र युवा खेलाडीको सम्मिश्रण गरेर बलियो टोली उतार्ने प्रयास गर्दैछन् । उनले चोटका बावजुद पनि केहि अनुभवी खेलाडीलाई टोलीमा समेटेका छन् । गोलरक्षक म्यानुएल नोएर, डिफेन्डर जेरोम बोटेङ जस्ता खेलाडी पूर्ण फिट नभए जर्मनीलाई केहि कठिन हुनेछ ।
फरवार्ड थोमस मुल्लर सन् २०१० विश्वकपका गोल्डेन बुट विजेता र २०१४ विश्वकपका सिल्भर बुट विजेता हुन् । उनले दुवै विश्वकपमा ५-५ गोल गरेका थिए । २०१० को विश्वकपको उत्कृष्ट युवा खेलाडी पनि चुनिएका मुलर २०१४ को अल-स्टार ११ मा लियोनल मेस्सी र नेयमारसँगै अग्रपंक्तिमा परेका थिए । यसपटक पनि जर्मनीले विश्वकप उपाधि रक्षा गर्न उनीबाट धेरै अपेक्षा गरेको छ ।
खेलमा फुर्तिका लागि चिनिने मुलर ३६ गोलसहित जर्मनीका लागि दशौं सर्वाधिक गोलकर्ता हुन् । त्यस्तै विश्वकपमा १० गोलसहित उनी प्रतियोगिताका आठौं सर्वाधिक गोलकर्ता हुन् । यस सिजन बायर्न म्युनिख र जर्मनीका लागि कुल ४८ खेलमा सहभागी हुँदै मुलरले १६ गोल र १६ असिस्ट गरे । यस सिजन बायर्न म्युनिखबाट लिग जितेका उनी लिगमा सर्वाधिक असिस्ट गर्ने खेलाडी पनि हुन सफल भए । क्लब टोलीमा जमेका मुलर आफ्नो फर्मलाई राष्ट्रिय टोलीमा पनि जारी राख्ने सोचमा हुनेछन् ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]