7 years ago
May 31, 2018
सिमरा (हाम्रो खेलकुद) –सामुदायिक विकासशील क्लबको आयोजनामा सुरु भएको प्रथम मेयर कप फूटवल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. १ र वडा नम्बर ११ विजयी भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगिताको पहिलो दिनको खेलमा वडा नं. १ ले वडा नं. १३ लाई ३–० गोलले पराजित गरेको हो ।
वडा नं. ११ ले वडा नं. ६ लाई सडन डेथमा पराजित ग¥यो । वडा नं. १ लाई जित दिलाउन निरज मगर, उत्सव कंसकार र प्रशान्त चौधरीले समान १÷१ गोल गरेका थिए ।
निर्धारित ५० मिनेटको खेलमा वडा नं. १ ले खेलको ९ औं मिनेटमा अग्रता लिएको थियो । उत्कृष्ट लयमा देखिएको वडा नं. १ ले दुई गोल दोस्रो हाफमा गरेको हो । वडा नं. १ ले वडा नं. १३ को अधिकांश प्रयास बिफल तुल्याएको थियो । खेलको म्यान अफ दि म्याच वडा नं. १ का निरज मगर घोषित भए ।
यसैगरी दोस्रो खेलमा वडा नं. ११ ले वडा नं. ६ लाई सडन डेथमा पराजित गरेको छ । रोमाञ्चक प्रतिस्पर्धामा दुबै टिमले गोल गर्न नसकेपछि खेल टाईब्रेकर हुदै सडन डेथमा पुगेको हो । सडन डेथमा वडा नं. ११ का बिजयी गोल दीपलाल रायले गरेका थिए । वडा नं. ६ का युराज अंसारीको प्रहार पोष्टमा ठोक्किन पुगेको थियो । यसअघि टाईब्रेकरमा दुबै टिमले ४–४ गोल गरेका थिए ।
टाईब्रेकरमा वडा नं. ११ का लागि कप्तान रामानन्द बछार, बृजमोहन चौधरी, विनय चौधरी र गोलरक्षक जयराम चौधरीले गोल गरेका थिए । पर्शुराम चौधरीको प्रहार वडा नं. ६ का गोलरक्षक मनोज थापाले बचाउ गरेका थिए । वडा नं. ६ का लागि टाईब्रेकरमा अबिनाश कुमार, अक्की सिंह, कप्तान विरेन्द्र चौधरी र राजिब सिंहले गोल गरे । दिलिप माझीको प्रहार वडा नं. ११ का गोलरक्षक जयराम चौधरीले नियन्त्रणमा लिएका थिए ।
उद्घाटन खेलमा जित हात पारेका दुबै टिमले सेमिफाईनल प्रवेशका लागि बुधवार प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता अन्तर्गत शुक्रवार वडा नं. २ र वडा नं. १८ बीच पहिलो खेल हुनेछ । दोस्रो खेलमा वडा नं. २१ र वडा नं. १५ बी प्रतिस्पर्धा हुनेछ ।
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ५ पटकको च्यम्पियन थ्रीस्टार क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी २४ औं आहा! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बिहीवार भएको दोस्रो सेमिफाइनलमा थ्रीस्टारलाई ४-० गोल अन्तरले हराउँदै ब्ल्याक बुल्स उपाधि नजिक पुगेको छ। २५ औ मिनेटमा कुभोन्चभिकको गोलमा ब्ल्याक बुल्सले अग्रता बनायो। पहिलो हाफमा १-० ले पछि […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनमाया दमाई र सुष्मा तामाङ हमाललाई पहिलो पटक समेट्दै महिला राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अर्को साता सुरु दशरथ रंगशालामा हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले २३ सदस्यीय टोलीको बिहीवार घोषणा गरेका हुन् । मनमाया र सुष्मा पहिलो पटक टोलीमा पर्दा चन्द्रा भण्डारी र रेनुका हमालले राष्ट्रिय टोलीमा […]
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- सिजनको पहिलो नकआउट खेल्ने क्रममा पोखरा आएको थ्री स्टार क्लबले विजयी सुरुवात गरेको थियो। त्यो जितले थ्री स्टार २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको थियो। बलियो मानिएको मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टीमा ४-२ ले हराउँदै अघि बढेको थ्री स्टारले त्यो भन्दा बलियो चुनौतीको सामना सम्भवतः आजको खेलमा गर्नुपर्ने हुनसक्छ। जहाँ ५ […]