default_image

7 years ago

May 30, 2018

एएफसी यू १६ महिलाको छनोट नेपालले आयोजना गर्ने

70 views

0 Bookmark

क्वालालम्पुर (एजेन्सी)– एएफसी यू १६ महिला फुटबल च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपालले समूह ‘ई’ का खेल आयोजना गर्ने भएको छ । पछिल्लो संस्करणमा शीर्ष तीनमा रहेका उत्तर कोरिया, दक्षिण कोरिया र जापानले अर्को संस्करणको लागि सोझै फाइनल चरणमा प्रवेश पाउने भएका छन् ।

नेपालसहित एसियाका अन्य ३० राष्ट्र दोस्रो चरणको प्रवेशका लागि छनोट चरणमा प्रवेश गर्नेछन् । ६ समूहमा रहेको छनोट चरणबाट ८ टोली दोस्रो चरणमा पुग्नेछन् । छनोट भएका ८ टाखेलीलाई दुई समूहमा विभाजन गरिने र त्यसमा समूहका शीर्ष २ टोली अर्को वर्ष हुने फाइनलका लागि छनोट हुनेछन् । नेपाल, बंगलादेश कीर्गिस्तान, मंगोललिया, श्रीलंका र ताजकिस्तानले पहिलो चरणको छनोट आयोजना गर्नुपर्नेछ । समूहका सबै टोलीले एकअर्काको सामना गर्नेछन् । नेपाल रहेको समूह इमा फिलिपिन्स, म्यानमार, मलेसिया र सिरिया छन् । त्यस्तै समूह इमा श्रीलंकासहित चीन, उज्वेकिस्तान, जोर्डन, ग्वाम छन् ।

त्यस्तै समूह बीमा मंगोलिया, लाओस, हङकङ र पाकिस्तान छन् । थाइल्यान्ड, इरान, नर्दन मारियाना आइल्यान्ड् र सिंगापुर समूह सीमा छन् । समूह डीमा अस्ट्रेलिया, चाइनिज ताइपे, कीर्गिस्तान, प्यालेस्टाइन र इन्डानेसिया छन् भने बंगलादेश , भियतनाम, यूएई, बहराइन र लेबनान समूह एफमा छन् । पहिलो चरण सेप्टेम्बर १५ देखि २३ सम्म हुनेछ । दोस्रो चरणको छनोट सन् २०१९ को फेब्रुअरी २३ देखि मार्च ३ सम्म हुनेछ ।

यसैगरी बुधबार निकालिएको एएफसी यू-१९ महिला फुटबल प्रतियोगिताको छनोटमा नेपालले समूह ‘बी’ मा थाईल्यान्ड, भारत, पाकिस्तान र सिंगापुरको सामना गर्नेछ । अक्टोबर महिनामा हुने छनोटको चरणका खेलहरु थाईल्यान्डमा हुनेछन् । नेपालले यू-१४ माथिको महिला उमेर समूहमा पहिलो पटक सहभागिता जनाउन लागेको हो । यसअघी नेपाल आफैंले सन् २०१५ मा यू-१४ महिला फुटबल प्रतियोगिता आयोजना गर्दा फाइनल खेल अगाडी महाभूकम्प आएको थियो ।

March 16, 2025

बायर्न बराबरीमा राेकियो

एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]

March 16, 2025

मिलानको पुनरागमन जित

एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]

March 16, 2025

नटिङ्घमले इप्स्विचलाई हरायो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]

Success

Thank you for your time.