default_image

6 years ago

May 31, 2018

जर्मनीको प्रशिक्षणमा खेलाडीको झगडा

40 views

0 Bookmark

म्युनिख (एजेन्सी) – जर्मनीको प्रारम्भिक टोली हल विश्वकप तयारीको अन्तिम चरणमा छ । यसका लागि प्रशिक्षक जोकिम लोले दैनिक रुपमा खेलाडीको प्रदर्शन हेरेर अन्तिम टोलीबारे निर्णय लिने तयारी गरिरहेका छन् । बुधबार जर्मनीको प्रशिक्षणमा भने केहीबेर स्थिति सुखद रहेन ।

प्रशिक्षक लोलाई प्रफुल्ल तुल्याउने उद्देश्यले डिफेन्डर एन्टोनियो रुडीगरले अर्का डिफेन्डर जोसुआ किमिचलाई डरलाग्दो फल हाने । म्युनिखका डिफेन्डर किमिचले रिसको झोकमा उठ्दै रुडीगरमाथि उल्टो जाइलागे । केहि समय दुवै खेलाडीबीच झगडा उत्पन्न हुने देखेपछि प्रशिक्षक मिरोस्लाभ क्लोजले खेलाडीलाई छुट्याउनु परेको थियो ।

यसबाहेक अर्को फलमा पेरिस सेन्ट जर्मेनबाट व्यवसायिक फुटबल खेलिरहेका विंगर जुलियन ड्राक्स्लरको पनि मुखमा चोट लागेको थियो । उनले केहि समय मैदानबाहिर रहेर विश्राम लिएपछि अन्त्यतिर भने प्रशिक्षणमा भाग लिए । जर्मनीले विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अस्ट्रिया र साउदी अरेबियाको सामना गर्दैछ । जर्मनी विश्वकपको समूह ‘एफ’ मा मेक्सिको, स्विडेन र दक्षिण कोरियासँग रहेको छ ।

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.