7 years ago
May 30, 2018
ब्यूनस आयर्स (एजेन्सी)– विश्वकप फुटबलको तयारीमा भएको मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले हाइटीलाई ४-० ले पराजित गरेको छ। अर्जेन्टिनाको जितमा स्टार फरवार्ड लियोनल मेस्सीले ह्याट्रिक गरेका छन्।
अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्स स्थित ला बोम्बोनेरा मैदानमा भएको खेलमा मेस्सीले १७ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए। जियोभानी लो सेल्सोलाई लडाएपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाए।
दोस्रो हाफमा ५८ औं मिनेटमा लो सेल्सोले गरेको प्रहार विपक्षी गोल किपर जोनी ब्लेसाइडले रोकेपनि मेस्सीले त्यसलाई सहजै ट्याप गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर गरे। ६६ औं मिनेटमा पुनः गोल गर्दै मेस्सीले ह्याट्रिक पुरा गरे।
दोस्रो हाफमा गोन्जोलो हिगुएनको स्थानमा मैदान प्रवेश गरेका सर्जियो अगुएरोले ६८ औं मिनेटमा मेस्सीको पासमा गोल गर्दै अर्जेन्टिनालाई चौथो गोल दिलाए।
अर्जेन्टिनाले विश्व कपअघि ९ जुनमा अर्को मैत्रीपूर्ण खेलमा इजरेलको सामना गर्दैछ । विश्व कपको समूह डीमा आइसल्याण्ड, क्रोएसिया र नाइजेरियासँग रहेको अर्जेन्टिनाले पहिलो खेलमा जुन १६ का दिन आइसल्याण्डको सामना गर्नेछ।
March 16, 2025
एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]
March 16, 2025
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]
March 16, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]