default_image

6 years ago

May 28, 2018

फाल्गुनन्द गोल्डकपको हिसाब सार्वजनिक

39 views

0 Bookmark

पाँचथर (हाम्रो खेलकुद)- नवौं रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिता सकिएको झन्डै ६ महिनापछि मंगलबार आयव्यय सार्वजनिक गरिएको छ । फिदिम स्पोर्टिङ क्लबको आयोजनामा गत पुस ७ गते देखि १५ गते सम्म फाल्गुनन्द गोल्डकप आयोजना भएको थियो ।

प्रतियोगिता १ लाख रुपैयाँ भन्दा कम नाफा भएको क्लबले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा ४१ लाख ९४ हजार ३ सय ८९ रुपैयाँ आम्दानी र ४१ लाख १२ हजार ६ सय ३७ रुपैयाँ खर्च भएको बताइएको छ ।

१८ लाख रुपैयाँको टिकट विक्री भएको प्रतियोगिताबाट कुल ८१ हजार ७ सय ५० रुपैयाँ बचत भएको जनाइएको छ । सुनसनरी ११ ले जितेको प्रतियोगितामा ए डिभिजन क्लबसहित १० टोलीको सहभागिता थियो । सोही अवसरमा हाम्रो खेलकुदका दिपक बोहोरालाई आयोजक क्बलले सम्मान गरेको छ ।

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

Success

Thank you for your time.