9 years ago
January 31, 2016
काठमाडौं, माघ १७ । ग्लोबल आईएमई बैंक लिमिटेड र आईएमई लिमिटेडद्वारा बंगबन्धु गोल्डकप विजयी खेलाडीहरु सम्मानित भएका छन् ।
ग्लोबल आईएमई बैंक लिमिटेड र आईएमई लिमिटेडले एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै टोलीका सबै २७ सदस्य तथा पदाधिकारीहरुलाई जनही २५–२५ हजारका दरले एकमुष्ट रुपमा ६ लाख ७५ हजारले सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् एन्फाका कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठले बंगबन्धु गोल्डकप विजयी खेलाडी तथा पदाधिकारीहरुलाई सम्मानित गरेकोमा आईएमईलाई संघको तर्फबाट धन्यवाद दिदै नेपाली खेलाडीहरु सम्मानको हकदार भएको बताए । ‘यस्ता खालका सम्मानले खेलाडीमा थप हौसला बढ्नेछ ।’ अध्यक्ष श्रेष्ठले भने, ‘भारतमा हुने आसन्न सागमा पनि यस्तै खालको जुझारु प्रदर्शन गर्दै तीन करोड नेपाली माझ अझै खुशी ल्याउन कोसिस गर ।’ उनले हरेक खेललाई नयाँ खेलको रुपमा सुरुआतको रुपमा लिएर साग जितेर आउन शुभकामना पनि दिए ।
यस्तै ग्लोबल आइएमईका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकालले आइएमईको यो सानो सम्मान भएको बताउदै आगमी दिनहरुमा खेलकुदका कुनै पनि गतिविधिमा सँगै हातेमालो गर्दै अघि जाने बताए । उनले आफ्नो बाल्यकाल स्मरण गर्दै पछिल्लो समयमा खलेमा रुचि बढ्दै गएको उल्लेख गर्दै खेल क्षेत्रमा आफु र र आँफु सम्बद्व कम्पनीले सहयोग गर्दै जाने बताए । साथै सोही अबसरमा ग्लोवल आईएमई बैकले कुनै पनि राष्ट्रिय टिमका खेलाडीलाई शुन्य मौज्दातमा खाता खोल्ने सुविधा र निशुल्क एटिएम कार्ड उपलब्भ गराउने घोषणा गरेको छ ।
बंगबन्धु गोल्डकप विजयी गराउने टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले यसरी सम्मानित गर्दै जादा थप हौसला मिलेको बताए । ‘यो म एक्लैले गर्दा पाएको सफलता हैन । यो सफलतमा मलाई साथ दिने सबैको हात छ ।’ प्रशिक्षक महर्जनले भने, ‘सबै टिमको स्प्रिटले नै सफलता मिलेको हो । यस्तो किसिमको सम्मानले थप उत्प्रेरित गर्दछ ।’ यस्तै टिमका कप्तान विराज महर्जनले फुटबल फ्यानका समर्थकको साथ र माया लिएर सागमा अझै यो भन्दा राम्रो गरेर देखाउने बताए ।
खेलाडी तथा पदाधिकारीहरुलाई अखिल नेपाल फुटबल संघ(एन्फा)का कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठ, ग्लोबल आईएमईका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकाल, आईएमई लिमिटेडका कार्यकारी निर्देशक हेमराज ढकाल, एन्फाका सिइओ इन्द्रमान तुलाधर लगायतले सम्मानित गरेका थिए ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]