7 years ago
May 27, 2018
किएभ (एजेन्सी) – लिभरपुलका स्टार फरवार्ड मोहमद सलाहको काँधको चोट गम्भीर रहेको प्रशिक्षक योर्गेन क्लपले बताएका छन् । शनिबार रियल म्याड्रिडविरुद्ध युरोपेली च्याम्पियन्स लिगको फाइनल खेलमा उनको काँधमा चोट लागेको थियो । उक्त खेलमा सलाह ३० मिनेटमा परिवर्तन भएपछि लिभरपुल ३-१ ले पराजित भएको थियो ।
खेलको पहिले हाफमा सर्जियो रामोससँग बल खोस्ने क्रममा सलाह लडेका थिए । उनको हात सर्जियो रामोसको हातमा बाँधिएपछि ल्यान्ड गर्दा चोट लागेको थियो । खेलपछि मिडियासँग बोल्दै प्रशिक्षक क्लोपले सलाहको काँधको परिक्षण भइरहेको बताए ।
सलाहको चोट गम्भीर रहेकाले उनको विश्वकप भविष्य पनि संकटमा देखिएको छ । इजिप्टलाई विश्वकप पुर्याउन प्रमुख भुमिका खेलेका सलाह विश्वकपकै हेर्नलायक खेलाडीका रुपमा दरिएका थिए । इजिप्ट फुटबल संघले भने यसबारे छिट्टै अाफ्नो डाक्टरहरुलाई खटाउने बताएको छ ।
March 16, 2025
एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]
March 16, 2025
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]
March 16, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]