7 years ago
May 26, 2018
सबिन लिम्बु (सर्मा)
झापा – आयोजक सनसाइन महिला फुटबल क्लबले जिल्ला स्तरिय प्रतियोगिताको उपाधि जितेको छ । पारिजात महिला फुटबल क्लबलाई १–० ले हराउँदै आयोजक टोली च्याम्पियन बनेको हो । मुना लावतीले पेनाल्टीमा गरेको गोल सनसाइनलाई जित दिलाउन पर्याप्त रह्यो ।
मुनाको प्रहार रोक्ने क्रममा पारिजातकी कप्तान समेत रहेकी दिक्षाको ह्यान्ड भएपनि सनसाइनले पेनाल्टी पाएको थियो । सनसाइनकी सरिता शेर्पा उमन अफ दी म्याच घोषित भइन् र उनले १ हजार रुपैयाँका साथै १ कार्टुन बाबा तेल प्राप्त गरिन् ।
सनसाइनकी रोमा भुजेल प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् र उनले ५ हजार ५ सय रुपैयाँ प्राप्त गरिन् । सनसाइन की मुना प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनिन् भने सोही टोलीकी अंकिता तामाङ उदयीमान खेलाडी चुनिइन् ।
त्यस्तै आयोजक टोलीकै रन्जु राजवंशी उत्कृष्ट गोलकिपर, कप्तान आशा श्रेष्ठ उतकृष्ट रक्षक, पारिजताकी सम्झना लामिछाने उत्कृष्ट मिडफिल्ड र आयोजककी मुना उत्कृष्ट फरवार्ड घोषित भइन् । उत्कृष्ट सबै, उदयीमान र सर्वाधिक गोलकर्ताले समान २ हजार १ सय रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा जिल्लाका ८ टोलीको सहभागिता रहेको थियो ।
February 13, 2025
एजेन्सी – बायर्न म्युनिखले च्याम्पियन्सिप लिग प्ले अफको पहिलो लेग जितेको छ। बायर्नले बुधवार स्कटल्याण्डको सेल्टिकलाई २-१ ले हरायो । बायर्नलाई जिताउन माइकल ओलिस र हेरी केनले गोल गरे । सेल्टिकका डेजेन मेडाले गोल फर्काए । बायर्नका ओलिसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमा केनले गोल गर्दै बार्यनको […]
February 13, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा शीर्ष स्थानको लिभरपुल बराबरीमा राकिएको छ । बिहिवार विहान भएको खेलमा लिभरपुल एभर्टनसँग २-२ को बराबरीमा रोकिएको हो । घरेलु मैदानमा एभर्टनका लागि जेम्स टार्कोव्स्की र बेटोले गोल गरे । लिभरपुलका लागि एलेक्स म्याक एलिसेल्टर र मोहम्मद सलाहले गोल गरे । ११औं मिनेटमा एभर्टनका बेटोको गोलमा टोलीले सुरुवाती अग्रता […]
February 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता क्वाटरफाइनलमा पुगेको छ। अन्तिम प्रि क्वाटरफाइनलमा बुधवार ललितपुरको जेम्स स्कुललाई ५-० ले हराउँदै एपिएफ ‘ए’ अन्तिम आठमा पुगेको हो। आयोजक टोलीलाई जित दिलाउन विकास बोहोरा र पवन गुरुङले समान २ तथा तेन्जिङ शेर्पाले एक गोल गरे। प्लेयर […]