7 years ago
May 26, 2018
कियभ (एजेन्सी) – युएफा च्याम्पियन्स लिगको आजको फाइनल खेलमा साविक विजेता स्पेनिस टोली रियल म्याड्रिड र इंग्लिस टोली लिभरपुल भिड्दै छन् ।
फुटबल इतिहासको यो ६३ औं च्याम्पियन्स लिगको फाइनल आज युक्रेनको राजधानी किभ स्थित ओलम्पिक स्टेडियममा हुनेछ । लिभरपुलले ५ पटक युरोपियन कपको उपाधि जितेको छ भने रियल म्याड्रिडले कीर्तिमानी १२ पटक यस प्रतियोगताको उपाधि जितेको छ ।
यसअघिका दुई सिजनमा च्याम्पियन्स लिगको उपाधि जितेको रियल पहिलो पटक लगातार तीन उपाधि जित्ने टोली बन्ने प्रयासमा रहनेछ । लिभरपुलले भने ११ वर्षमा पहिलो पटक फाइनल खेल्दैछ ।
प्रशिक्षक जिदानका लागि सबै ठूला खेलाडीहरु फिट रहेका छन् । सिजनको अन्तिम खेलमा गोलपोस्टमा लुका जिदान र अग्रपंक्तिमा ग्यारेथ बेल सुरुवात गरेका थिए । आजको महत्त्वपूर्ण फाइनल खेलमा भने केलर नाभास र करिम बेन्जेमा खेल्ने नै लगभग पक्का रहेको छ ।
लिभरपुलका लागि डिफेन्डर जोएल माटिप, अलेक्स अल्सेड-चेम्बर्लेन र जो गोमेज घाइते रहेका छन् । एम्रे च्यान र जेम्स मिल्नर सामान्य घाइते रहे पनि आजका लागि फिट रहेका छन् । एडम लालाना पनि प्रशिक्षक जर्जेन क्लपका लागि उपलब्ध रहेका छन् । तर च्यान र लालाना भने बेन्चमै सुरुवात गर्ने देखिन्छ ।
लिभरपुल सम्भावित सुरुवाती ११
गोलकिपर: लोरिस केरियस
डिफेन्डर: ट्रेन्ट एलेक्जान्डर-आर्नोल्ड, डेजान लोभ्रेन, भर्जिल भ्यान डाइक, आन्द्रिउ रोबर्ट्सन
मिडफिल्डर: जेम्स मिल्नर, जर्जिनियो वाइनल्डम, जोर्डन हेन्डरसन
फरवार्ड: रोबर्टो फिर्मिनो, मोहम्मद सालाह, साडियो माने
रियल म्याड्रिड सम्भावित ११
गोलकिपर: केलर नाभास
डिफेन्डर: ड्यानी कार्जाभाल, राफायल भरान, सर्जियो रामोस, मार्सेलो
मिडफिल्डर: टोनी क्रुस, क्यासेमिरो, लुका मोड्रिच
फरवार्ड: इस्को, क्रिस्टियानो रोनाल्डो, करिम बेन्जेमा
इतिहास
पछिल्लो पटक लिभरपुल र रियल म्याड्रिड सन् २०१४ को च्याम्पियन्स लिगमा भिडेका थिए । पहिलो लेगमा ३-० ले जित हात पारेको रियलले दोस्रो लेगमा १-० को जित दर्ता गर्दै समग्रमा ४-० को जित निकालेको थियो ।
खेल समय
खेल आज राति नेपाली समयअनुसार रातिको १२.३० बजे सुरु हुने छ ।
प्रसारण जानकारी
आजको च्याम्पियन्स लिग फाइनल सोनी सिक्सबाट प्रत्यक्ष प्रसारण हुने छ ।
आजको च्याम्पियन्स लिग फाइनल कसले जित्छ? कमेन्ट गर्नुहोस् ।
March 16, 2025
एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]
March 16, 2025
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]
March 16, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]