6 years ago
May 26, 2018
किभ (एजेन्सी) – च्याम्पियन्स लिग फाइनलमा आज युरोपका दुई ठूला क्लब, रियल म्याड्रिड र लिभरपुल भिड्दैछन्। खेल नेपाली समयानुसार रातको १२:३० मा सुरु हुनेछ ।
फुटबल इतिहासको यो ६३ औं च्याम्पियन्स लिगको फाइनल युकरेनको राजधानी किभ स्थित ओलम्पिक स्टेडियममा हुनेछ। लिभरपुलले पाँच पटक युरोपियन कपको उपाधि जितेको छ भने रियल म्याड्रिडले कीर्तिमानी १२ पटक यस प्रतियोगताको उपाधि जितेको छ।
यसअघिका दुई सिजनमा च्याम्पियन्स लिगको उपाधि जितेको रियल पहिलो पटक लगातार तीन उपाधि जित्ने टोली बन्ने प्रयासमा रहनेछ। लिभरपुलले भने ११ वर्षमा पहिलो पटक फाइनल खेल्दैछ।
लिभरपुलका लागि डिफेन्डर जोएल माटिप, अलेक्स अल्सेड-चेम्बर्लेन र जो गोमेज घाइते रहेका छन् । एम्रे च्यान र जेम्स मिल्नर सामान्य घाइते रहे पनि आजका लागि फिट रहेका छन् । एडम लालाना पनि प्रशिक्षक जर्जेन क्लपका लागि उपलब्ध रहेका छन् । तर च्यान र लालाना भने बेन्चमै सुरुवात गर्ने देखिन्छ ।
लिभरपुल सम्भावित सुरुवाती ११
गोलकिपर: लोरिस केरियस
डिफेन्डर: ट्रेन्ट एलेक्जान्डर-आर्नोल्ड, डेजान लोभ्रेन, भर्जिल भ्यान डाइक, आन्द्रिउ रोबर्ट्सन
मिडफिल्डर: जेम्स मिल्नर, जर्जिनियो वाइनल्डम, जोर्डन हेन्डरसन
फरवार्ड: रोबर्टो फिर्मिनो, मोहम्मद सालाह, साडियो माने
October 1, 2024
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । अब फाइनल प्रवेशको लागि आयोजक झरना स्पोर्टस क्लब र गोर्खा ब्वाइज स्पोर्टस क्लबबीच प्रतिस्पर्धात्यस्तै अर्को सेमिफाइनल लिस्नु युवा क्लब र जनज्योति युवा क्लबबीच हुनेछ । मंगलवार भएको अन्तिम क्वाटरफाइनलमा झरनाको जितसँगै समिकरण पूरा भएको हो। स्वर्गिय खगी गुरुङसेनीको […]
October 1, 2024
एजेन्सी – क्रिस्टियानो रोनाल्डोले गोल गरेको खेलमा साउदी अरेबियाको अल नासरले एएफसी च्याम्पियन्स लिग एलिटको समूहचरणको खेलमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । कतारको अल रेयान क्लबलाई नासरले सोमवार भएको खेलमा २-१ ले पराजित गरेको छ । अल अवाल पार्क रियादमा भएको खेलमा नासरलाई जिताउन साडियो माने र रोनाल्डोले गोल गरे । रेयानका लागि […]
September 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- वर्षाका कारण आएको पहिरो परि मृत्यु भएका एन्फा एकेडेमी सिस्नेरीका ६ युवा खेलाडीको अन्तिम संस्कारका लागि प्रक्रिया अघि बढाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। असोज ११ र १२ गतेको वर्षाका कारण मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ स्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै […]