default_image

6 years ago

May 26, 2018

‘म सलाहभन्दा फरक खेलाडी हुँ’ – रोनाल्डो

46 views

0 Bookmark

किएभ (एजेन्सी) – रियल म्याड्रिड फरवार्ड क्रिस्टियानो रोनाल्डोले लिभरपुलका मोहमद सलाह उनीभन्दा फरक किसिमको खेलाडी रहेको बताएका छन् । शनिबार हुने च्याम्पियन्स लिग फाइनलअघि टेलिभिजन अन्तर्वार्तामा रोनाल्डोले यस्तो अभिव्यक्ति दिएका हुन् ।

लिभरपुलका लागि सलाहले जारि सिजन ४४ गोल गरेका छन् । यता रोनाल्डोले भने रियलका लागि ४३ गोल मात्र गरेका छन् । यसैकारण पनि सलाह र रोनाल्डोको तुलना गरिएको हो । रोनाल्डोले भने सलाहसंग उनलाई दाँज्न अहिले नै सम्भव नभएको बताएका छन् । उनले विभिन्न कारणमध्ये दुई खेलाडीको उचाईलाई पनि एक कारण मानेका छन् ।

‘दर्शकहरुले मलाई अन्य खेलाडीसंग दाँजेर हेरेका छन् । तर मा सबैभन्दा फरक छु । सलाह पनि फरक छन्,’ उनले भने, ‘सलाह देब्रे खुट्टाले खेल्छन् भने म दाहिनेले । उनी म भन्दा होचा पनि छन् । तर उनले जारि सिजन निकै उत्कृष्ट प्रदर्शन गरेका छन् ।’

सलाह करियरकै पहिलोपटक युरोपेली प्रतियोगिताको फाइनल खेल्दै छन् । रोनाल्डो भने च्याम्पियन्स लिग  ५ पटक जित्ने इतिहासकै पहिलो खेलाडी बन्ने सुरमा छन् । रोनाल्डो यस खेललाई लिएर उत्साहित पनि छन् । ‘यो निकै विशेष प्रतियोगिता हो । व्यक्तिगत रुपमा मैले य्तास प्रतियोगितामा धेरै सफलताहात पारेको छु । मलाई यहाँ खेल्न निकै मनपर्छ,’ उनले थपे , ‘पांच पटक च्याम्पियन्स लिग जित्नु सपनामा पनि सोचेको थिएन । यदि हामीले उपाधि हात पारे त्यो अविश्वसनीय हुनेछ ।’

च्याम्पियन्स लिग फाइनल शनिबार राति युक्रेनको किएभमा हुनेछ । लिभरपुल र रियल म्याड्रिड दुवै टोलीका खेलाडी किएभ पुगिसकेका छन् । खेलका लागि दुवै टोलीले घरेलु लिगमा महत्त्वपूर्ण खेलाडीलाई विश्राम दिएका थिए ।

 

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

Success

Thank you for your time.