default_image

6 years ago

May 24, 2018

च्याम्पियन्स लिगको तयारीमा सालाहले रामदानको उपवास नतोड्ने

46 views

0 Bookmark

लिभरपुल (एजेन्सी)– लिभरपुलका सुपर स्टार मोहम्मद साहालले रमदानको उपवासलाई शनिबार रियल म्याड्रिडविरुद्ध हुने च्याम्पियन्स लिग फाइनल अघि पनि कायम राख्ने भएका छन् । खेल सुरु हुने एक घन्टा अघि पनि उनले केहि नखाने बताइएको छ । मुस्मिल धर्म मान्नेले मे १६ बाट रमदान उपवास बस्दै आएका छन् ।  इजिप्टसियन साहाल पनि त्यसमध्येका एक हुन् ।

Salah Liverpool

सूर्य नअस्ताउँदासम्म एक महिना मनाइने रमदानका ब्रतालुले खानपिन र धुम्रपान गर्दैनन् । खेल जीवनकै महत्वपूर्ण खेल भएपनि साहालले ब्रत तोड्ने प्रस्तावलाई अस्वीकार गरेको बताइएको छ ।

फाइनल हुने किभ सहरमा फाइनल सुरु हुनुभन्दा आधा घन्टा अघि मात्र सूर्य अस्ताउने अपेक्षा गरिएको छ । त्यस समयमा भने सालाहलाई केहि खान दिइने अनुमान छ । यद्दपी उनी भने उपवासले आफ्नो प्रदर्शनमा कुनै प्रभाव नपर्नेमा विश्वस्त छन् । उनी टोलीलाई छैटौं युरोपियन ट्रफी जिताउनमा प्रतिबद्ध छन् ।

लिभरपुलबाट यो सिजन सनसनीपूर्ण प्रदर्शन गर्ने क्रममा सबै खेलमा गरेर उनले ४४ गोल गरिसकेका छन् । यो सिजन उनले प्रिमियर लिगको उत्कृष्ट खेलाडिको अवार्ड पनि जितिसकेका छन् । लिभरपुललाई उपाधि दिलाउन सके दश वर्षयता बालोन डी’ओरमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको दबदबालाई सालाहले तोड्ने अपेक्षा पनि गरिएको छ ।

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

Success

Thank you for your time.