default_image

6 years ago

May 24, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी – नम्बर २०

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सबैभन्दा चर्चित तथा अपेक्षित प्रतियोगिता फिफा विश्वकपको २१ औं संस्करण जुन १४ देखि रुसमा सुरु हुँदैछ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर २० मा रहेका छन् ब्राजिलका फरवार्ड ग्याब्रियल जेसस ।

ग्याब्रियल जेसस विश्वकपको बलियो दाबेदार मानिएको ब्राजिलियन टोलीको महत्त्वपूर्ण सदस्य हुन् । २०१४ मा ब्राजिलमा विश्वकप आयोजना हुँदा उनले सडक रंगाउने काम गरेका थिए भने अहिले ब्राजिलका सडकहरु उनकै तस्वीरले रंगाइएको छ ।

२१ वर्षे फरवार्ड जेसस यस सिजन प्रिमियर लिग उपाधि जितेको टोली म्यानचेस्टर सिटीका सदस्य पनि थिए । तर अनुभवी सर्जियो अगुएरो अग्रपंक्तिमा फिट रहँदा उनले बिरलै अवसर पाए । आफ्ना पाएका मौकाहरुको भने सदुपयोग गर्दै सुरुवात गरेका १९ लिग खेलमा १३ गोल गरे र सबै प्रतियोगितामा कुल १९ गोल गरे ।

जेसस ब्राजिलको अग्रपंक्तिको जिम्मेवारी लिने लगभग पक्का देखिन्छ । उनलाई नेयमार र फिलिप कौटिन्होले साथ दिने छन् । तर कतिपय विश्लेषकहरुले उनको स्थानमा लिभरपुलका रोबर्टो फिर्मिनो खेलाइनु पर्ने बताए पनि प्रशिक्षक टिटे भने जेससलाई नै प्राथमिकतामा राखेका छन् ।

लिभरपुलका फिर्मिनो यस सिजन आफ्नो टोलीलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याउन ठूलो भुमिका खेलेका छन् र जेससभन्दा उनी नै अनुभवी र लयमा रहेका छन् । तर अग्रपंक्तिमा कौटिन्हो र नेयमारसँग संयोजन मिलाउन जेसस खेलाउने टिटेको रणनितीले बताउँछ ।

टोलीमा आफ्नो स्थान पक्का नभएको डरले पनि जेससले निखारिएको प्रदर्शन गर्नु जरुरी छ । यदि ब्राजिलले १६ वर्षपछि विश्वकप उचाल्ने छ भने जेससको पनि त्यहाँ भुमिका निकै महत्वपूर्ण हुने छ ।

October 1, 2024

आयोजकको जितसँगै झरना रनिङशिल्डको सेमिफाइनल समिकरण पूरा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । अब फाइनल प्रवेशको लागि आयोजक झरना स्पोर्टस क्लब र गोर्खा ब्वाइज स्पोर्टस क्लबबीच प्रतिस्पर्धात्यस्तै अर्को सेमिफाइनल लिस्नु युवा क्लब र जनज्योति युवा क्लबबीच हुनेछ । मंगलवार भएको अन्तिम क्वाटरफाइनलमा झरनाको‌ जितसँगै समिकरण पूरा भएको हो। स्वर्गिय खगी गुरुङसेनीको […]

October 1, 2024

रोनाल्डो र मानेको गोलमा नासरको जित

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले गोल गरेको खेलमा साउदी अरेबियाको अल नासरले एएफसी च्याम्पियन्स लिग एलिटको समूहचरणको खेलमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । कतारको अल रेयान क्लबलाई नासरले सोमवार भएको खेलमा २-१ ले पराजित गरेको छ । अल अवाल पार्क रियादमा भएको खेलमा नासरलाई जिताउन साडियो माने र रोनाल्डोले गोल गरे । रेयानका लागि […]

September 30, 2024

एन्फा भन्छ- ‘६ युवा खेलाडीको स-सम्मान अन्त्येष्टि गरिनेछ’

काठमाडौं (हाम्रो खेलकुद)- वर्षाका कारण आएको पहिरो परि मृत्यु भएका एन्फा एकेडेमी सिस्नेरीका ६ युवा खेलाडीको अन्तिम संस्कारका लागि प्रक्रिया अघि बढाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। असोज ११ र १२ गतेको वर्षाका कारण मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ स्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै […]

Success

Thank you for your time.