6 years ago
May 23, 2018
ब्यूनर्स आयर्स (एजेन्सी)– रसिया विश्व कपका लागि २३ खेलाडीको घोषणा भएयता अर्जेन्टिनी टोलीले पहिलो पटक सँगै अभ्यास गरेको छ । हाइटीसँग अर्को साता मैत्रीपूर्ण खेल खेल्ने तयारीमा रहेको अर्जेन्टिनाले मंगलबार अभ्यास गरेको हो ।
अभ्यासमा लियोनल मेस्सीसहित सबै सामेल भएका थिए । हाइटीसँगको खेलपछि अर्जेन्टिना टोली विश्व कप फुटबलको तयारीका लागि बार्सिलोना पुग्नेछ । टोलीका खेलाडीले सामान्य दौड, पासलगायतको अभ्यास गरेका थिए ।
अभ्यासमा मेस्सी तनावमुक्त देखिन्थे । खल्तीमा हात हालेर उनी प्रशिक्षण टोलीसँग गफ गरिरहेको देखिन्थे । अर्जेन्टिनालाई यसपटक पनि दाबेदारका रुपमा हेरिएको छ । सन् २०१४ को विश्व कप फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो ।
परिचित अर्जेन्टिनी टोलीका खेलाडी सर्जियो अगुएरो पनि प्रशिक्षणमा सामेल थिए । म्यानुयल लान्जिनी, निक्लास ओटामेन्डी मार्कोस रोहो लगायत प्रिमियर लिग खेलाडी अर्जेन्टिनाको टोलीमा रहेका छन् । आक्रमणपंक्तिमा झनै बलियो देखिएको अर्जेन्टिनाले यस सिजन २९ गोल गरेका मौरो इकार्डीलाई भने अन्तिम टोलीमा सामेल गरेको छैन ।
विश्व कपमा समूह डीमा रहेको अर्जेन्टिनाले आइसल्यान्ड, कोस्टारिका र नाइजेरियको सामना गर्नेछ । जुन १६ मा आइसल्यान्डसँग खेल्दै अर्जेन्टिनाले विश्व कपको यात्रा सुरु गर्नेछ ।
October 10, 2024
हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]