6 years ago
May 24, 2018
साउ पाउलो (एजेन्सी)– ब्राजिलियन पूर्व अन्तर्राष्ट्रिय रिभाल्डोले पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपरस्टार नेयमारले बालोन डी ओर जित्ने सम्भावना बढाउनका लागि स्पेनको रियल म्याड्रिड वा प्रिमियर लिगको कुनै क्लबमा जानुपर्ने सुझाव दिएका छन् ।
बार्सिलोनाबाट विश्व कीर्तिमानी रकम २ सय मिलियन पाउन्डमा नेयमारमा पिएसजी पुग्दा उनी लियोन मेस्सीको छायाँमा मुक्त भएको अनुमान गरिएको थियो । सन् १९९९ का बालोन डी ओर विजेता समेत रहेका रिभाल्डोले नेयमारले अवार्डको दाबेदारीका लागि च्याम्पियन्स लिग जित्नुपर्ने बताएका छन् ।
‘मलाई उनले रियल वा प्रिमियर लिग क्लबमा जानुपर्दछ,’ रिभाल्डोले भने,‘ बालोन डी ओर जित्ने सम्भावना बढाउन त्यो कदम चाल्नुपर्ने हुन्छ । फ्रन्च लिग प्रति मेरो कुनै पूर्वाग्रह छैन । तर, स्पेनिस वा प्रिमियर लिगसँग फ्रेन्च लिगको तुलाना हुँदैछ ।’
फ्रेन्च लिगमा रहँदा सम्म नेयमारलाई बालोन डी ओर जित्ने सम्भावना कम रहेको रिभाल्डोले बताए । ‘स्पेन र इङ्ल्यान्डका क्लबले च्याम्पियन्स लिग जित्ने बढी सम्भावना छ,’ उनले थपे,‘त्यहाँ जाँदा च्याम्पियन्स लिग जित्ने सम्भावना बढी हुन्छ । विश्वकै उत्कृष्ट खेलाडी बन्ने मौका पनि हुनेछ ।’
पिएसजी पुगेको केहि महिनामा नै उनी रियल जाने हल्ला चलेको थियो । यद्दपी उनी अर्को सिजन उनी पिएसजीमै रहने सम्भावना रहेको पनि बताइएको छ ।
October 10, 2024
हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]